default_image

7 years ago

July 8, 2017

रोहित इन्डोनेसिया लिगको उत्कृष्ट ११ मा छानिए

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द इन्डोनेसिया लिगा १ को उत्कृष्ट ११ मा छानिएका छन् । लिगा १ मा गरेको प्रदर्शनको आधारमा रोहित प्रतिष्ठित वेबसाइट गोल डट कमले घोषणा गरेको १२ औं साताका लागि उत्कृष्ट ११ मा छनोट भएका हुन् । त्यहाँ हरेक साता उत्कृष्ट ११ छनोट हुने गरेको छ […]

22 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द इन्डोनेसिया लिगा १ को उत्कृष्ट ११ मा छानिएका छन् । लिगा १ मा गरेको प्रदर्शनको आधारमा रोहित प्रतिष्ठित वेबसाइट गोल डट कमले घोषणा गरेको १२ औं साताका लागि उत्कृष्ट ११ मा छनोट भएका हुन् ।

त्यहाँ हरेक साता उत्कृष्ट ११ छनोट हुने गरेको छ । लिगा १ मा २० टोलीको सहभागिता छ । यो साता रोहितको टोली पर्सिजा जाकार्ताले लिगा १ मा ग्रिसिक युनाइटेडसँग १–१ को बराबरी खेलेको थियो । केहि साताअघि खराब प्रदर्शनका कारण दबाबमा रहेको पर्सिजा पछिल्ला ६ खेलपछि भने अंकतालिकामा माथि आएको थियो ।

१२ खेलेको समाप्तीपछि रोहितको टोली ५ जित, ४ बराबर र ३ हारका साथ १९ अंक जोडेर छैटौं स्थानमा छ । यो सिजनको सुरुआतमा पर्सिजामा आबद्ध भएका रोहित पहिलो पटक उत्कृष्ट ११ मा परेका हुन् । गत महिना राजधानीमा यमनसँगको एसियन कप छनोट खेलेर रोहित इन्डोनेसिया फर्केका थिए ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.