8 years ago
July 9, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले एएफसी यू २३ च्याम्प्यिनसिप छनोट विमल घर्ती मगरको कप्तानीमा खेल्ने भएको छ । दुई बर्षअघि नेपालले साफ यू १९ च्याम्पियनसिपको उपाधि जित्दाका कप्तान समेत रहेका विमलले यसपटक पनि टोलीको नेतृत्व गर्ने मौका पाएका छन् ।
प्रशिक्षक राजुकाजी शाक्यले २३ खेलाडीको अन्तिम छनोट गर्दै राष्ट्रिय टोलीमा समेत रहेको विमललाई कप्तानको जिम्मेवारी दिएका हुन् । अर्का राष्ट्रिय खेलाडी अनन्त तामाङ टोलीको उप कप्तान रहेका छन् । यहि टोलीले मंगलबार बंगलादेशसँगको मैत्रीपूर्ण खेल खेल्नेछ ।
संयुक्त अरब इमिरेट्स (युएइ) मा हुने च्याम्पियनसिप छनोटको समूह ‘डी’ मा रहेको नेपालले असार २९ गते त्यस्ते तर्फ प्रस्थान गर्नेछ । नेपालले पहिलो खेल आयोजक युइएसँग ३१ गते खेल्नेछ । नेपालले साउन २ गते उज्वेकिस्तान र त्यसको दुई दिनपछि समूह चरणको अन्तिम खेलमा लेबनानको सामना गर्नेछ ।
आइतबार छनोट भएका यू २३ टोलीका खेलाडी
गोलकिपर – एलेन न्यौपाने, अशोक बराल, किशोर गिरी
रक्षक – अनन्त तामाङ, दीनेश राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ, निरज बस्नेत, छिरिङ गुरुङ, लक्ष्मण जिसी
मिडफिल्ड – हेमन गुरुङ, हेमन्त मगर, सुमन लामा, सुनिल बल, पुजन उपरकोटी, तेज तामाङ, डोना थापा, विवेक बस्नेत
फरवार्ड – विमल घर्ती मगर, अन्जन विष्ट, संजोग राई, विश्वास श्रेष्ठ
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]