8 years ago
July 10, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल यू२३ राष्ट्रिय टोलीका कप्तान विमल घर्तीमगरले कप्तानीको जिम्मेवारीले व्यक्तिगत रुपमा प्रदर्शन राम्रो हुने विश्वास लिएका छन्। आगामी असर ३१ बाट युएईमा सुरु हुने एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणका लागि घोषित २३ सदस्यीय अन्तिम टोलीमा युवा फरवार्ड विमललाई कप्तानको जिम्मेवारी दिइएको थियो।
यसअघि पनि उमेर समूहका प्रतियोगिताहरुमा टोलीको नेतृत्व गरिसकेका विमलले यसपाली पनि उक्त जिम्मेवारी पाएका छन्। एएफसी यू१६ च्याम्पियन्ससिपको अन्तिम चरणमा टोलीको कमान सम्हालेका विमल २ वर्षअघि साफ यू१९ जित्दा टोलीका कप्तान थिए। यसपटक उनलाई टोलीको कप्तान तोकिंदा उनकै समकालीन खेलाडी अनन्त तामाङले उपकप्तानको जिम्मेवारी पाएका छन्।
कप्तानको जिम्मेवारी पाएसँगै विमलले आफुले अझै राम्रो प्रदर्शन गर्न यसले उर्जा थप्ने बताए। ‘म हाम्रो प्रशिक्षक र सम्पूर्ण टोलीलाई म माथि गर्नुभएको विश्वासको लागि आभारी छु। म टोलीको कप्तानको रुपमा छिर्दा म माथि थप राम्रो प्रदर्शन गर्ने उर्जा थपिएको छ। टोलीको राम्रो प्रदर्शन गर्न थप जिम्मेवारी मैले सकारात्मक रुपमा लिएको छु।’
उनले आफ्नो समर्थकहरुलाई पनि निरन्तर साथ र सहयोगका लागि धन्यवाद दिए। ‘मलाई यहाँसम्मम आइपुग्दा साथ र सहयोग गर्नुहुने सम्पूर्ण समर्थक र शुभचिन्तकलाई मा धन्यवाद भन्न चाहन्छु। यहाँहरुको साथले नै मलाई राम्री प्रदर्शन गर्न प्रेरित गरिरहेको छ।’
विमलको कप्तानीमा रहेको टोलीले मंगलबार बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ भने टोली बिहिबार युएई तर्फ प्रस्थान गर्नेछ। राजु काजी शाक्यको मुख्य प्रशिक्षणमा रहेको २३ सदस्यीय अन्तिम टोलीले शनिबार आफ्नो पहिलो खेल खेल्नेछ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]