default_image

8 years ago

July 10, 2017

‘दुवै टोली उस्तै छन्’ बंगलादेशका कप्तान सोहेल

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणको तयारीमा रहेको नेपाली यू२३ राष्ट्रिय फुटबल टोलीले मंगलबार बंगलादेशको सामना गर्दैछ ।

Bangladesh Sohil Rana

खेलअघि भएको पत्रकार सम्मेलनमा बोल्दै टोलीका कप्तान सोहेल रानाले नेपाल र बंगलादेश दुवै उस्तै रहेको अभिव्यक्ती दिए। ‘नेपाल र बंगलादेश उस्तै स्तरको टोली हो । हामीले यसअघि खेलको नेपाली टोलीबाट अहिले धेरै परिवर्तन भइसकेको छ । हाम्रो टोलीमा युवा खेलाडीको बाहुल्यता रहेपनि राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौ।’

‘नेपालको टोलीमा नियमित राष्ट्रिय टोलीमा खेल्ने ४/५ खेलाडी छन् भने हामीसँग पनि ३ खेलाडी रहेका छन्। दुवै टोली बलियो छन् र तयारी राम्रो हुनेछ।’

नेपाल र बंगलादेशले पछिल्लोपटक १२औं दक्षिण एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए। यू२३ टोलीले नै खेलेको उक्त खेलमा नेपाल २-१ले पराजित भएको थियो ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.