default_image

8 years ago

July 10, 2017

‘मैत्रीपूर्ण खेलले एएफसी छनोटमा ठुलो मद्दत पुर्याउँछ’ – प्रशिक्षक शाक्य

122 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणको तयारीमा रहेको नेपाल यू२३ राष्ट्रिय फुटबल टोलीले मंगलबार मैत्रीपूर्ण खेलमा बंगलादेशको यू२३ टोलीको सामना गर्दैछ।

खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका प्रशिक्षक राजु काजी शाक्यले भोलीको खेलले प्रतियोगिताको तयारीमा ठुलो मद्दत पुर्याउने बताए। ‘हामीले बंगलादेशसँगको खेललाई तयारीको अन्तिम चरणको रुपमा लिएका छौँ। हामीले भोलि गरेको प्रदर्शनकै आधारमा युएईमा खेल्ने हो। त्यहाँ रहेका टोली केहि माथिल्लो स्तरको भएपनि हामीलाई भोलीको खेलले केहि मद्दत पुग्नेछ।’

टोलीमा नयाँ अनुहार पनि रहेकाले यस खेलले टोलीलाई सेट हुन् मद्दत पुर्याउने प्रशिक्षक शाक्यको बुझाई छ। ‘हामीले केहि नयाँ खेलाडीलाई पनि टोलीमा समावेश गरेका छौँ। उनीहरुको प्रदर्शन हेरेर युएईमा हामीलाई टोली तयार पर्न मद्दत पुग्नेछ। यसले हामीलाई टोलीको कम्जोर र बलियो पक्ष पहिल्याउन पनि सहयोग गर्छ।’

उनले नेपालको समूहमा बलियो टोलीहरु रहेपनि नेपालले राम्रो प्रदर्शन गर्ने आशा लिएको बताए। ‘नेपालको समूहमा उज्बेकिस्तान, आयोजक युएई र लेबनान जस्ता टोलीहरु रहेका छन्। हाम्रो टोली उनीहरुको तुलनामा कमजोर भएपनि हाम्रो प्रदर्शनमा विगतभन्दा सुधार आउने विश्वास छ।’ एएफसी यू२३ च्याम्पियनसिपको पछिल्लो संस्करणको उपाधि जापानले जितेको थियो।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.