8 years ago
July 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद ) – एएफसी यू–२३ च्याम्पियनसिप छनोटको तयारीमा रहेका नेपाल र बंगलादेशबीच अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित क्रृतिम घाँसे मैदानमा मंगलबार मैत्रीपूर्ण खेल खेल्दै छ ।
खेल हुने मिति – २०७४ असार २७ गते, मंगलबार
खेल समय – नेपाली समय अनुसार दिउँसो ३ः०० बजे
दिनको ठिक ३ बजे सुरु हुने खेलको एपी वन ‘एच डी’ च्यानलमा प्रत्यक्ष प्रसारण हुनेछ । एन्फाले १४ सय टिकट बेच्न आनलाइन मार्फत इ – सेवालाई जिम्मा दिएको छ । सबै टिकेट प्रि -बुकिङ नभएको कारण एन्फाले खेल स्थानमा पनि टिकट उपलब्ध हुने जानकारी दिएको थियो । साधरण प्यारापिटतर्फ प्रति टिकट ५ सय रुपैयाँ र भिआइपीतर्फ प्रति टिकट १ हजार रुपैयाँ तोकिएको छ ।
लाइभ कसरी हेर्ने ?
खेलको प्रत्यक्ष प्रसारण एपी वन ‘एच डी’ च्यानलमा आउनेछ।
अनलाइन कसरी हेर्ने ?
विदेशमा रहनु भएको समर्थक हरेले खेलको अनलाइन प्रसारण हेर्न सक्नु हुनेछ । एपी वनको लाइभ युटुब स्ट्रिमिङ मार्फत पनि हेर्न सकिन्छ।त्यस्तै हाम्रो खेलकुदको लाइभ पेजमा पनि खेलको अनलाइन प्रसारण हुनेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]