8 years ago
July 11, 2017
विमल घर्ती मगर कप्तान रहेको टोलीका प्रशिक्षक राजु काजी शाक्य रहेका छन् । सहायक प्रशिक्षकमा प्रकाश अर्याल छन् भने गोलरक्षक प्रशिक्षक मृगेन्द्र मिश्र रहेका छन् । यस खेलको सुरुवाती एघार यसप्रकार छ:
गोलरक्षण: एलन न्यौपाने
डिफेन्स: दिनेश राजवंशी – अनन्त तामाङ – गौरब बुढाथोकी – अमित तामाङ
मिडफिल्ड: सुमन लामा – हेमन गुरुङ – हेमन्त थापा मगर – सुनिल बल
फरवार्ड: बिमल घर्ती मगर – अन्जन बिष्ट
हाम्रो खेलकुदको सम्भावित सुरुवाती ११ मा परेका कमल श्रेष्ठ भने अस्वस्थता कारण स्रुरुवाती ११ मा परेनन् ।
राष्ट्रिय टोलीका १० खेलाडी रहेकोमा ९ खेलाडीले सुरुवात गरेका छन् । एएफसी यू २३ च्याम्पियनसिपको छनोट चरणको तयारीमा रहेका टोलीले दिउसो ३ बजे खेल्दैछन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]