8 years ago
July 12, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू२३ फुटबल टोली एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणका खेलमा सहभागिता जनाउन बिहिबार युएई प्रस्थान गर्ने भएको छ। प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपालले पहिलो खेल शनिबार खेल्दैछ।
असार ३१ देखि श्रावण ४ सम्म हुने प्रतियोगिताको शनिबार हुने पहिलो खेलमा नेपाली समयानुसार रातको ८:१० बजे आयोजक युएईको सामना गर्दैछ। दोश्रो खेलमा सोमबार त्यसै समयमा उज्बेकिस्तान र नेपालले खेल्नेछन्। अन्तिम खेल भने लेबनानसँग रातको ११:०० बजे बिहिबार खेलिनेछ।
नेपालको समूहको सम्पूर्ण खेल अल आइन सहरको ताहनोन मोहमद बिन रंगशालामा हुनेछ। नेपाली टोलीलाई एन्फाले आज एक कार्यक्रमबीच बिदाइ गर्ने जानकारी दिएको छ। टोलीमा रहने २३ सदस्यीय टोलीको यसअघिनै घोषणा भइसकेको छ। प्रतियोगिताको तयारीका लागि नेपालले मंगलबार भएको मैत्रीपूर्ण खेलमा बंगलादेशलाई १-०ले पराजित गरेको थियो।
२३ सदस्यीय खेलाडीको नाम:
गोलकिपर – एलेन न्यौपाने, अशोक बराल, किशोर गिरी
रक्षक – अनन्त तामाङ, दीनेश राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ, निरज बस्नेत, छिरिङ गुरुङ, लक्ष्मण जिसी
मिडफिल्ड – हेमन गुरुङ, हेमन्त मगर, सुमन लामा, सुनिल बल, पुजन उपरकोटी, तेज तामाङ, डोना थापा, विवेक बस्नेत
फरवार्ड – विमल घर्ती मगर, अन्जन विष्ट, संजोग राई, विश्वास श्रेष्ठ
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]