8 years ago
July 12, 2017
एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले प्रि-सिजनका लागि २६ सदस्यीय टोली घोषणा गरेको छ। प्रि-सिजनमा रियलले अमेरिकामा रहेर ४ खेल खेल्ने कार्यक्रम रहेको छ। रियलले प्रि सिजनमा म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटि, बार्सिलोना र एमएलएस अल स्टार टोलीसँग खेल्ने कार्यक्रम रहेको छ।
टोलीमा ४ गोलरक्षक, १० डिफेन्डर, ७ मिडफिल्डर र ५ फरवार्ड समावेश रहेका छन्। पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो सहित स्पेन यू२१ राष्ट्रिय टोलीका मार्को एस्नेसियो र जेसस् भालेहो भने टोलीमा अटाएका छैनन्। कप्तान सर्जियो रामोस पनि छुट्टीमा रहेका छन्। यद्दपी रामोसले केहि दिनमै टोलीमा सामेल हुने बुझिएको छ।
टोलीमा ग्यारेथ बेल, करीम बेन्जेमा, लुका मोड्रीच, मार्सेलो, टोनी क्रुस लगायतका खेलाडीहरु मंगलबार अमेरिका प्रस्थान गर्ने टोलीमा रहेका छन्। रियल म्याड्रिड कास्टिलाबाट खेल्दै आएका केहि खेलाडीलाई पनि यस भ्रमणमा सामेल गरिएको छ। म्याड्रिडले भर्खरै मात्र एटलेटिकोबाट भित्र्याएको डिफेन्डर थियो हर्नान्डेज पनि टोलीमा अटाएका छन्।
पूर्ण टोली:
गोलरक्षक: केलर नाभास, किको कासिला, रुबेन यानेज, लुका जिदान
डिफेन्डर: ड्यानी कर्भाजल, राफेल भारान, नाचो, मार्सेलो, थियो हर्नान्डेज, ड्यानिलो, लुइस्मी केजाडा, अल्भारो तेजेरो, अक्रफ हकिमी, मानु हर्नान्डो
मिडफिल्डर: टोनी क्रुस, क्यसेमिरो, लुका मोड्रीच, इसको, म्याटियो कोभाचिच, ओस्कार, फ्रान्चु
फरवार्ड: करीम बेन्जेमा, ग्यारेथ बेल, लुकास भाज्केज, अल्भारो मोराटा, ड्यानी गोमेज
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]