8 years ago
July 12, 2017
एजेन्सी – रियल म्याड्रिडका मिडफिल्डर हामेस रोड्रीग्वेजलाई आज बायर्न म्युनिखले एक कार्यक्रमबीच बायर्न म्युनिखको खेलाडीको रुपमा सार्वजनिक गरेको छ। उनि रियलबाट २ वर्षे लोनमा बायर्न म्युनिख आइपुगेका हुन्।
सन् २०१४को विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि हामेस रियल म्याड्रिड पुगेका थिए। रियलले उनलाई भित्र्याउन ७१ मिलियन पाउण्ड खर्चेको थियो। रियलका लागि १ सय ११ खेल खेल्दै ३६ गोल र ४१ असिस्ट प्रदान गरेका रोड्रीग्वेज गत सिजन जिनेदिन जिदानको योजनामा नपरेसँगै उनले बर्नाबाउ छाड्ने हल्ला चालेको थियो।
हामेसलाई रियलमा आबद्ध गरेका त्यस समयका प्रशिक्षक कार्लो एन्चेलोटिले उनलाई रियलले बिक्रि गर्ने बुझेसँगै म्युनिखलाई प्रस्ताब गर्न भनेका थिए। रियलले बायर्नको २ वर्षे लोन र त्यसपछि खरिद गर्न सक्ने विकल्पसहितको प्रस्ताबलाई स्वीकारेसँगै रोड्रीग्वेज आज म्युनिख पुगेका थिए। उनले भोलीबाटै प्रशिक्षणमा सहभागी भएर प्रि-सिजनका खेलहरु खेल्नेछन्।
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]