default_image

8 years ago

July 13, 2017

बार्सिलोनाको प्रशिक्षक बन्ने जाभीको सपना

121 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका पूर्व कप्तान जाभी हर्नान्डेजले कुनै दिन क्लबको प्रशिक्षक बन्ने आफ्नो सपना रहेको बताएका छन् । खेल जीवनको लामो समय बार्सिलोनामा बिताएका जाभीले कतारमा व्यवसायिक खेल जीवन टुंगाएपछि मात्र प्रशिक्षणका बारेमा सोच्ने पनि प्रष्ट पारेका छन् ।

जाभी हर्नान्डेज

६ देखि १५ बर्षसम्मका बच्चाहरुका लागि राखिएको फुटबल क्याम्पका दौरान अल सादका मिडफिल्डरले एक स्पेनिस दैनिकलाई भने,‘म अझै एक बर्ष कतारमा बिताउन चाहन्छु । त्यसपछि बुट थन्क्याउने र त्यसपछि प्रशिक्षणका विषयमा सोच्ने छु । ३८ बर्षको उमेरमा पुग्दा मेरो खेल जीवनको लामो अनुभव हुनेछ । त्यसपछि नयाँ चुनौतिका लागि तयार हुनेछु ।’

उनले एक दिन आफु बार्सिलोनाको प्रशिक्षक बन्न चाहेको पनि प्रष्ट पारेका छन् । ‘ प्रशिक्षक बन्ने मेरो चाहना छु । म कुनै कुरा लुकाउन चाहन्छ । ढिलो वा चाडो म बार्सिलोनाको प्रशिक्षक बन्न चाहन्छु,’ जाभीले थपे,‘तर, त्यसअघि मैले धेरै सिक्नु पर्ने हुन्छ । एक , दुई वा तीन महिना होइन यसका लागि बर्ष लाग्न सक्छ । बार्सिलोनालाई प्रशिक्षण दिन अघि एकदमै प्रशिक्षित हुनु पर्दछ । म फेरी भन्छु एक दिन प्रशिक्षकका रुपमा बार्साको बेन्चमा बस्ने मेरो सपना छ ।’

आफ्नो पुस्ताका उत्कृष्ट मिडफिल्डर मध्येका एक जाभीले सन् २०१५ मा बार्सिलोना छोड्ने अघि १७ बर्ष क्लबमा बिताएका थिए । ३७ बर्षे जाभीले बार्सिलोनबाट ८ वटा ला लिगा, ४ वटा कोपा डेल रे ४ वटा च्याम्पियन्स लिग उपाधि जितेका थिए ।

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

Success

Thank you for your time.