8 years ago
July 14, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणमा सहभगिता जनाउन नेपाली टोली हाल युएईको अल आइन सहरमा पुगिसकेको छ। २३ खेलाडी सम्मिलित टोलीको मुख्य प्रशिक्षणको जिम्मा राजु काजी शाक्यले लिएका छन्। हेरौं २३ सदस्यीय टोलीमा को-को छन्?
गोलरक्षक:
एलेन न्यौपाने – थ्री स्टार क्लबबाट व्यवसयिक फुटबल खेल्दै आइरहेका गोलरक्षक एलन यसअघीको संस्कारणमा पनि टोलीमा रहेका थिए। उनले त्यसबेला १ खेलमा सहभागीता जनाएका थिए।
अशोक बराल – सरस्वति क्लब बाट ‘ए’ डिभिजनको अनुभव बोकिसकेका गोलरक्षक अशोकले मोफसलका केहि प्रतियोगिताहरुमा पनि सहभागिता जानेका थिए।
किशोर गिरी – मोरङ फुटबल क्लबबाट राष्ट्रिय लिग खेलेका किशोरले मोफसलका प्रतियोयोगिताहरुमा भने झापा एघार र हिमालयन शेर्पाबाट खेलेका थिए।
रक्षक:
अनन्त तामाङ – राष्ट्रिय टोलीका मुख्य खेलाडीका रुपमा स्थापित भइसकेका डिफेन्डर अनन्तले उमेर समूहका सबै प्रतियोगितामा सहभागिता जनाइसकेका छन्। उनले यसअघि पनि यू२३ प्रतियोगिता खेलेका थिए।
दीनेश राजवंशी -राष्ट्रिय टोलीका सदस्य रहेका दिनेशले उमेर समूहका सम्पूर्ण खेलहरुमा सहभागिता जनाएका छन्। उनि नेपाल पुलिस क्लबसँग आबद्ध रहेका छन्।
गौरव बुढाथोकी – यू१९ साफको सेमिफाइनलमा चोट बोकेपछि केहि स्थिर रहेको उनको खेलजीवन फेरी अगाडी बढेको छ। पछिल्लो संस्करणको यू२३मा पनि सहभगिता जनाएका गौरबले यसै प्रतियोगिताबाट अन्तर्राष्ट्रिय खेलमा पुनरागमन गरेका हुन्।
कमल श्रेष्ठ – राष्ट्रिय टोलीको पहिलो रोजाईमा रहेका डिफेन्डर कमल श्रेष्ठ राइट व्यक हुन्।उनले मनाङ मर्स्याङ्दीबाट व्यवसायिक फुटबल खेल्दै आएका छन्।
अमित तामाङ – उमेर समूहको सबैखाले प्रतियोगिता खेलेका अमित हाल संकटा क्लबसँग आबद्ध छन्।
निरज बस्नेत – राष्ट्रिय लिगमा मोरङ फुटबल क्लबबाट खेलेका निरजले यसअघी उमेर समूहका प्रतियोगिताहरु पनि खेलेका छन्।
छिरिङ गुरुङ -यू१९ टोलीका सदस्य रहेका छिरिङ सेन्टर डिफेन्डर हुन्। उनले राष्ट्रिय लिगमा मोरङबाट केहि खेल खेलेका थिए।
लक्ष्मण जिसी – सहारा फुटबल क्लब पोखराबाट मोफसल खेलेका लक्ष्मण यू१९ टोलीमा पनि समावेश भएका थिए।
मिडफिल्ड:
हेमन गुरुङ -राष्ट्रिय टोलीमा नियमित स्थान बनाउन सफल हेमन सेन्टर मिडफिल्डर हुन्। यू१६ टोलीका कप्तान रहेका उनले उमेर समूहका सबैखाले प्रतियोगिता खेलिसकेका छन्।
हेमन्त थापा मगर -उमेर समूहको सबै प्रतियोगितामा सहभागिता जनाईसकेका हेमन्तले राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका छन्। उनि मनाङ मर्स्याङ्दी क्लबसँग आबद्ध छन्।
सुमन लामा – राष्ट्रिय टोलीका नियमित सदस्य रहेका सुमन विङ्गर/फरवार्ड हुन्। उनले उमेर समुहका प्रतियोगिताहरुमा यसअघी पनि खेलेका छन्। उनि नेपाल पुलिस क्लबसँग आबद्ध छन्।
सुनिल बल – उमेर समूहका थुप्रै अन्य प्रतियोगितामा सहभागी भइसकेका सुनिल थ्री स्टार क्लबका खेलाडी हुन्। मोफसलका प्रतियोगितामा भने उनले संकटाबाट खेलेका थिए।
पुजन उपरकोटी – झापाका पुजनको यो उमेर समुहको पहिलो प्रतियोगिता हो। च्यासललाई ‘बि’ डिभिजनबाट बढुवा गर्न महत्त्वपूर्ण भूमिका खेलेका उनि सेन्टर मिडफिल्डमा खेल्छन्।
तेज तामाङ – मिडफिल्डर तेज यू१९ टोलीमा गरेको प्रदर्शनबाट अगाडी आएका हुन्। उनि हाल नेपाल पुलिस क्लबसँग आबद्ध छन्।
डोना थापा – उमेर समूहका अन्य प्रतियोगिताहरुमा पनि खेलिसकेका डोनाले राष्ट्रिय लिगमा मोरङबाट खेलेका थिए। हाल उनि मनाङ मर्स्याङ्दी क्लबबाट खेलिरहेका छन्।
विवेक बस्नेत – उमेर समूहका प्रतियोगिताहरुमा सहभागिता जनाइसकेका बिबेक धेरै पोजिसनमा खेल्न सक्छन। उनि हाल त्रिभुवन आर्मी क्लबबाट खेल्छन। उनले माइभ्याली गोल्डकपमा उत्कृष्ट खेलाडीको उपाधि जितेका थिए।
फरवार्ड:
विमल घर्ती मगर – यसअघी अन्य उमेर समुहको टोलीको पनि कप्तानी गरिसकेका विमल टोलीका महत्त्वपूर्ण खेलाडी हुन्। उनि राष्ट्रिय टोलीका पनि नियमित सदस्य रहँदै आएका छन्।
अन्जन विष्ट – उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै आएका अन्जन राष्ट्रिय टोलीका पनि पहिलो रोजाईका खेलाडी हुन्। उनले यसअघि एपीएफबाट व्यवसायिक फुटबल खेल्दै आएका छन्।
संजोग राई – यू१६ उमेर समूहसम्म टोलीमा रहेका संजोक त्यसपछि केहि बिलिन रहेका थिए। गतवर्ष यू१८ प्रतियोगितामा झापाको कप्तानी गरेका सन्जोग यसपाली यू२३ टोलीमा परेका छन्। उनले मोफसलका प्रतियोगितामा झापा एघारबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए।
विश्वास श्रेष्ठ – उमेर समुहका सबै प्रतियोगिता खेलेका विश्वास धेरै पोजिसनमा खेल्न सक्छन। हाल भने उनलाई विंगर फरवार्डको रुपमा खेलाइने सम्भावना रहेको छ। उनले जगदम्बा लुम्बिनीबाट राष्ट्रिय लिग खेलेका थिए।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]