8 years ago
July 14, 2017
एजेन्सी – नेपाली यू२३ राष्ट्रिय टोली हाल एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण खेल्न संयुक्त राज्य ईमिरेट्स (युएई) पुगेको छ। बिहिबार युएई पुगेको टोलीले ४१ डिग्रीको गर्मीमा सेफ बिन महम्मद रंगशालामा प्रशिक्षण गरेको थियो।
नेपालको तुलनमा युएईमा अहिले अत्याधिक मात्रामा गर्मि बढेको छ। यसले खेलाडीहरुमा खेलमा केहि असहजता हुने पक्का छ। नेपालमा अहिले सामान्यतया तापक्रम २० देखि २५ डिग्री सेल्सियसको बिचमा रहेको छ। तर, युएईमा भने टोलीले ४०-४५ डिग्री सेल्सियसको तापक्रमको सामना गर्नुपर्ने अवस्था रहेको छ।
मौसम पूर्वानुमानका अनुसार शनिबार नेपालले खेल्ने पहिलो खेलमा तापक्रम ४१ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। घरेलु टोली युएईको विरुद्ध खेलिने पहिलो खेलमा पाहुना टोली नेपाललाई ४० डिग्रीको चर्को गर्मीले खेलमा कठिन हुने निश्चितप्राय छ। नेपाली टोलीले बिहिबार केहि हल्का अभ्यास गरेको थियो भने शुक्रबार पनि अभ्यास गर्ने कार्यक्रम रहेको छ।
नेपाली टोलीले शनिबार हुने पहिलो खेलमा नेपाली समयानुसार रातको ८:१० बजे आयोजक युएईको सामना गर्दैछ। दोश्रो खेलमा सोमबार त्यसै समयमा उज्बेकिस्तान र नेपालले खेल्नेछन्। अन्तिम खेल भने लेबनानसँग रातको ११:०० बजे बिहिबार खेलिनेछ।
रातको समय भएपनि युएईमा तापक्रम भने खासै तल नझर्ने मौसमविदहरुको अनुमान रहेको छ। नेपालले खेल्ने समयमा सबै खेलका दिन ४० डिग्रीभन्दा माथि तापक्रम रहने अनुमान रहेको छ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]