default_image

8 years ago

July 15, 2017

नेपालको खराब सुरुवात: युएईसँग ५-०को हार

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू २३ च्याम्पियनसिप छनोटमा नेपाली युवा टोलीको सुरुआत निकै कमजोर ढंगले भएको छ । आयोजक यूएईसँगको पहिलो खेलमा नेपाली टोलीले ५–०को फराकिलो हार व्येहोरेको छ ।

चर्को गर्मीकाबीच नेपाली समय अनुसार राती ८ः१० मा सुरु भएको खेलमा नेपाल पहिलो हाफको कुनै पनि समय सम्हालिन सकेन र एक पछि अर्को गोलको सामना गर्न बाध्य भयो । ३३ मिनेट भित्र नै नेपाली टोलीले ४ गोल खाइसकेको थियो । पहिलो गोल टोलीले आठौं मिनेटमा खायो ।

अहमद हुसेनले आठौं र उनले नै दोस्रो गोल २०औं मिनेटमा गरेका थिए । खालिदको क्रममा मोहम्मद अलकबेरीले २३ औं मिनेटमा हेड गोल गर्दै नेपाली टोलीमाथि दबाब थपे । ३३ औं मिनेटमा यूएइले पेनाल्टीमा अर्को गोल थपेको थियो । पेनाल्टी बक्समा दिनेश राजवंशीले ह्यान्ड गरेपछि युएईले पेनाल्टी पाएको थियो । खलिद अब्दुल रहिमले पेनाल्टीमा गोल गर्दै गोलअन्तरलाई बढाएका थिए ।

पहिलो हाफमा ४-०ले पछाडी पारेको टोलीले दोश्रो हाफमा केहि सम्हालिएको प्रदर्शन गरेपनि उल्लेख्य आक्रमण भने बुन्न सकेन। खेलको ६०औं मिनेटमा युएईका मोहम्मद रशिदले हेडरमार्फत गोल गर्दै घरेलु टोलीलाई ५-०को अग्रता दिलाएका थिए। खेलमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि नेपालले पहिलो खेलमा ५-०को पराजय भोग्यो।

जितसँगै युएईले समूहमा महत्त्वपूर्ण ३ अंक जोडेको छ। यता, पहिलो खेलमै फराकिलो अन्तरले पराजय भोगेको नेपाली टोली अंकविहिन रहेको छ। नेपाली टोलीले समूहको अन्य खेलमा सोमबार उज्वेकिस्तान र बुधबार लेबनानको सामना गर्नुपर्नेछ। लेबनान र उज्वेकिस्तानले आज समूह चरणको दोश्रो खेलमा भिड्दैछन्।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.