8 years ago
July 16, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – किर्गिस्तानको विश्केकमा जारी ११औं एसियन क्याडेट तथा १८औं जुनियर एसियन जुडो च्याम्पियनसिप अन्तर्गत ५७ केजी तौल समूहमा नेपालकी मनिता श्रेष्ठ प्रधानले कास्य पदक जितेकी छिन्। उनले सहभगिता जनाएको विधामा ९ देशका १० खेलाडीको सहभागिता रहेको थियो।
मनिताले पहिलो बाउटमा मित्रराष्ट्र भारतकि सावित्रीलाई गोल्डेन स्कोरमा वाजारी लिएर जितेकी थिइन्। दोश्रो राउण्डमा उज्वेकिस्तानकि सुल्तोनोभा सानोबरबाट एयान्सेत्सु वजा लगाएर मनिता पराजित हुन् पुगेकी थिइन्। तर कास्य पदकका लागि भएको खेलमा भने उनले तजिक्सितनकि गुलोवेभा फजिलतलाई इपन स्कोरमा र त्यसपश्चात उज्वेकिस्तानकि मामेडोभा अमिनलाई ३ वाजारी अंक ल्याउँदै कास्य पदक पक्का गरेकी थिइन्।
यसैगरी पुरुष ६० केजी तौल समूहमा नेपालका किरण गदेल इरानका सेदिघी मोहम्मद रेजाबाट हंसुक पेनाल्टीबाट पराजित हुन पुगे। ६६ केजी तौल समूहमा इन्द्र बहादुर श्रेष्ठ आयोजक राष्ट्रका तुर्दुवेभ एर्तुरसँग ३ वाजारी अंकबाट पराजित भए।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]