8 years ago
July 16, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – संयुक्त अरब इमिरेट्स (युएई) मा हिजो एएफसी यू २३ च्याम्पियनसिप छनोटको सुरुवात हुँदा नेपालले खराब नतिजा आत्मसात गरिसकेको छ । पहिलो खेलमै नेपाल आयोजक युएईसँग ५–० ले पराजित भएको थियो । तर, धेरैलाई थाहा नहुन सक्छ स्वेदशमा प्रशिक्षणका दौरान पुरै अवधि टोलीको साथमा रहेका गोलकिपर प्रशिक्षक मृगेन्द्र मिश्र अहिले युएईमा नभएर स्वदेशमै छन् ।
नेपाली टोली बिहिबार युएई जाँदा प्रशिक्षक मिश्रको नाम ३१ सदस्यीय टोलीमा अटाएन । टोलीमा २३ खेलाडी र ८ अफिसियल हुँदा पनि मिश्र परेनन् । पहिलो खेलमा ५–० को हार ब्यहोर्दा नेपालले २ गोल पेनाल्टीमा गोल खाएको थियो । गोलकिपर प्रशिक्षकको भूमिका यस्तै बेलामा खड्कने गर्दछ ।
सामान्यतया गोलकिपर प्रशिक्षकले विपक्षी टोलीका पेनाल्टी हान्ने खेलाडीको अध्ययन गरेर गोलकिपरलाई सल्लाह दिने गर्दछन् । तर नेपाली टोलीमा गोलकिपर प्रशिक्षक नहुँदा नेपाललाई केहि बेफाइदा पक्कै भएको हुनुपर्दछ । हुनका त खेलका दौरान प्रशिक्षकले नतिजा परिवर्तन गर्न सक्ने होइन, तर खेलको समिक्षा र अर्को खेलको लागि भने प्रशिक्षकले सल्लाह दिन सक्थे ।
टोलीको प्रशिक्षणमा गोलकिपर प्रशिक्षक नहुँदा टोलीको प्रशिक्षणमा त्यसको असर पक्कै रहन्छ । ५ दिनमा ३ खेल खेल्दा गोलकिपरको फिटनेस देखि प्रदर्शनको समिक्षा गर्ने अवसर नहुँदा त्यसको दबाब गोलकिपरमा पर्ने सम्भावना रहन्छ । प्रशिक्षक र सहायक प्रशिक्षकलाई गोलकिपिङ प्रशिक्षणको जानकारी नहुँदा टोलीमा रहेका ३ गोलकिपर आ आफै प्रशिक्षण गर्न बाध्य छन् ।
गोलकिपर प्रशिक्षकलाई टोलीमा लानुको सट्टा स्वदेशमै छोडेर गएको यो नै पहिलो घटना भने होइन । यसअघि पनि यस्ता घटना भएका छन् । तर, नेपालमा नै आयोजना हुने खेलमा भने गोलकिपर प्रशिक्षक अनिवार्य रुपमा समावेश गरिने परम्परा छ । गत साता एन्फाको मैदानमा बंगलादेशको युवा टोलीसँगको मैत्रीपूर्ण खेलमा प्रशिक्षक मिश्र टोलीको बेन्चमै रहेर खेलाडीलाई निर्देशन दिइरहेका थिए ।
एसियाली फुटबल महासंघ (एएफसी) को नियमावली अनुसार सन् २०१९ बाट राष्ट्रिय टोली र उमेर समूहका टोलीमा लेभल २ उर्तिण गरेका गोलकिपर प्रशिक्षक अनिवार्य रुपमा राख्नुपर्ने छ । नेपालमा हालसम्म लेभल १ गरेका प्रशिक्षक मात्र छन् । एडभान्स गोलकिपर प्रशिक्षण कोर्ष गरेका एक मात्र प्रशिक्षक उपेन्द्र मान सिंह अहिले एन्फाको कुनै जिम्मेवारीमा छैनन् । नेपालमा गत बर्ष लेभल १ कोर्ष आयोजना हुँदा त्यहाँबाट केही गोलकिपर प्रशिक्षक तयार भएका छन् ।
हाल युएई रहेको नेपाली टोलीमा २३ खेलाडीसँगै ८ अफिसियल छन् । एन्फाका सहायक महासचिव संजिव मिश्र व्यवस्थापक रहेको टोलीको प्रशिक्षक राजु काजी शाक्य र सहायक प्रशिक्षक प्रकाश अर्याल छन् । फिजियो राजु दाहाल र मिडिया अफिसर बासुदेव अवाल पनि टोलीका सदस्य हुन् । त्यसबाहेक ३ सदस्य भने जिल्ला फुटबल संघका पदाधिकारी छन् । भक्तपुरका सचिव योगेन्द्र खरबुजा, गोर्खाका अध्यक्ष हरिहर श्रेष्ठ र ललितपुरका मणिराज विष्ट टोलीमा छन् ।
एएफसीले प्रतियोगितामा सहभागी हुने २३ खेलाडी र ८ अफिसियलको खर्च बेहोर्छ । थप खेलाडी वा अफिसियल सहभागी गराउनु परेमा थप संख्याको सबै खर्च सम्बन्धित संघले बेहोर्नुपर्ने हुन्छ । नेपालले अधिकांश प्रतियोगितामा सामान्यतया २३ खेलाडी र ८ अफिसियल पठाउने गर्दै आएको छ ।
पहिलो खेल गुमाइसकेको नेपालको यू २३ च्याम्पियनसिपको अन्तिम चरणमा पुग्ने झिनो सम्भावना बाँकी छ । नेपाली टोलीले सोमबार उज्वेकिस्तान र बुधबार लेबनानको सामना गर्दैछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]