8 years ago
July 16, 2017
काठमाडौँ (हाम्रो खेलकुद ) – एएफसी यू२३ च्याम्पियनसिप अन्तर्गत नेपालले समूह ‘डि’को दोश्रो खेलमा उज्बेकिस्तानको सामना गर्दै छ। पहिलो खेलमा कमजोर सुरुवात गर्दै घरेलु टोलीसँग ५-० ले पराजित भएको नेपाललाई छनोटको सम्भावनालाई जिवितै राख्न जित्नै पर्ने दबाब रहेको छ। नेपाल र उज्वेकिस्तानबिचको खेल नेपाली समयानुसार रातको ८:१० बजे सुरु हुनेछ।

पहिलो खेलमा लेबनानलाई ३-१ ले हराएको उज्बेकिस्तानसँग नेपालले जुलाई १७मा स्थानिय समय अनुसार ६ बजेर २५ मिनेटमा खेल्दै छ। पहिलो खेलमा खराब सुरुवात गरेको नेपालको छनोट हुने सम्भावना निकै थोरै छ। हाल समुहको पुछारमा रहेको नेपालले अब छनोटको सम्भावना कायम राख्न बाँकी दुई खेलमा ठुलो अन्तरको जित दर्ता गर्नुपर्ने हुन्छ। प्रतियोगिताको नियमावली अनुसार समूह चरणका शीर्ष टोली र ५ उत्कृष्ट उपविजेता टोली अन्तिम चरणका लागि छनोट हुन्छन्।
खेलको जानकारी –नेपाल यू२३ विरुद्ध उज्बेकिस्तान यू२३
खेल हुने मिति – २०७४ श्रावण २ गते, सोमबार
खेल समय – नेपाली समय अनुसार बेलुकी ८ बजेर १० मिनेटमा सुरु हुने
खेल मैदान – युएईको अल इन स्थित ताह्नोन बिन मोहम्मद रंगशाला
लाइभ कसरि हेर्ने – हाम्रो खेलकुदको फेसबुक पेजमा लाइभ आउने
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]