default_image

8 years ago

July 16, 2017

इङ्ल्यान्डलाई यु -१९ युरोपियन च्याम्पियनसिप उपाधि

130 views

0 Bookmark

जर्जिया (एजेन्सी)– इङ्ल्यान्डले यु १९ युरोपियन च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । पोर्चुगललाई २–१ ले हराउँदै इङ्ल्यान्डले जर्जियामा सम्पन्न यु १९ युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ । उमेर समूहको प्रतियोगितामा इङ्ल्यान्डले दुई महिनामा जितेको यो तेस्रो उपाधि हो ।

england 19

लुकास मेचाको निर्णायक गोलको खुसी मनाउदै इङ्ल्यान्डका युवा टोली ।

लुकास मेचाको निर्णायक गोलमा इङ्ल्यान्ड उपाधि जित्न सफल भएको हो । खेलको ५० औं मिनेटमा एस्टन भिल्लाका इसाह सुलिमानले इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए ।

तर चेल्सीका डुजोन स्टरलिंगले ५६ औं मिनेटमा आत्मघाती गोल गरेपछि पोर्चुगल खेलमा फर्किएको थियो । म्यानचेस्टर सिटीका स्ट्राइकर मेचाले ६८ औं मिनेटमा गरेको गोल निर्णायक बनेपछि इङ्ल्यान्ड विजयी बनेको थियो ।

खेलको ८० औं मिनेटमा फुल्ह्यामका टायो एडुन दोस्रो पहेलो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सिमित भएपनि इङ्ल्यान्डले अग्रता जोगाएको थियो ।

समुह चरणको विजेताको रुपमा प्रतियोगितामा अघि बढेको इङ्ल्यान्डले चेक रिपब्लिक र जर्मनीलाई हराउँदै फाइनल पुगेको थियो । यसअघि इङ्ल्यान्डले यु २० विश्व कप र जुनमा टुलोन कप जितेको थियो ।

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

Success

Thank you for your time.