8 years ago
July 17, 2017
एजेन्सी – चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेको रोजाईमा पर्न नसकेका स्ट्राइकर डिएगो कोष्टा अझैसम्म पनि प्रि-सिजनका खेलका लागि क्लबमा फर्किएका छैनन्। हाल ब्राजिलमै रहेका कोष्टाले सामाजिक संजाल इन्स्टाग्राममा प्रत्यक्ष भिडियो सार्वजनिक गर्दै आफुले एटलेटिको म्याड्रिड जान चाहेको संकेत दिएका छन्।
गत सिजन प्रशिक्षक कन्टेसँग खटपट परेसँगै यस सिजनको सुरुवात नहुँदै कन्टेले कोष्टालाई चेल्सीमा उनको भविष्य नरहेको बताएका थिए। गत सिजन चेल्सीलाई उपाधि जिताउँदा महत्त्वपूर्ण भूमिका खेल्दै सर्वाधिक गोलकर्ता बनेका कोष्टा अहिले नयाँ क्लबको खोजीमा छन्।
उनको एटलेटिको म्याड्रिड फर्कने सोच भएपनि म्याड्रिडको क्लब हाल ट्रान्सफर प्रतिबन्धमा रहेकाले उक्त स्थानान्तरण सफल हुन सकेको छैन। आफुले सार्वजनिक गरेको इन्स्टाग्राम भिडियोमा उनले मिडफिल्डर सेस फाब्रिगासलाई ‘कन्टेलाई अंकमाल गर्न’ सुझाव दिएका छन्।
चेल्सीले कोष्टालाई क्लब छाड्न स्वीकृति दिएसँगै धेरै क्लबले उनलाई भित्र्याउने प्रयास गरेका छन्। टर्किस क्लब बेसिक्टासले भने कोष्टालाई जनवरीसम्म मात्र भएपनि उक्त क्लबबाट खेल्ने प्रस्ताब राखेको छ। त्यसपश्चात उनि एटलेटिको म्याड्रिड जान कुनै समस्या हुनेछैन।
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]