8 years ago
July 17, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ‘डी’को दोश्रो खेलमा नेपालले उज्वेकिस्तानसँग २-०को हार व्येहोरेको छ। यस हारसँगै नेपालको एएफसी यू२३ च्याम्पियनसिपको अन्तिम चरणमा पुग्ने सम्भावना समाप्त भएको छ।
खेलको १४औं मिनेटमा उज्वेकिस्तानका कप्तान उरिन्बोभ जाबीखिल्लोले टोलीलाई अग्रता दिलाउने सुवर्ण मौका चुकाएका थिए। सिक्स यार्ड बक्सबाट आएको लो क्रसमा किपरसँगै सबै डिफेन्डर बिट हुँदा बललाई पोष्टको दिशातर्फ दिन चुकेका थिए। उज्वेकिस्तानले निरन्तर आक्रमण गरेपनि नेपाली डिफेन्सले त्यसलाई विफल तुल्याएको थियो।
तर खेलको २१औं मिनेटमा तुर्सुनोभ दोस्तोन्बेकले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनले सिदिखोभ जाबोखिरको क्रसमा गोल गरेका थिए। नेपालले केहि राम्रो आक्रमण सिर्जना गरेपनि त्यसको सदुपयोग भने गर्न सकेन। उज्वेकिस्तानको हाफमा पुगेपछि नेपाली खेलाडी केहि हतारिएका देखिएका थिए।
प्रशिक्षक राजु काजी शाक्यले पहिलो हाफमै एक खेलाडी परिवर्तन पनि गरेका छन्। उनले मिडफिल्डर पुजन उपरकोटीको स्थानमा सुनिल बललाई मैदान प्रवेश गराएका छन्। सुनिलको आगमनसँगै टोली आक्रमणमा भने केहि बलियो देखिएको छ। पहिलो हाफको इन्ज्युरी समयको दोश्रो मिनेटमा सुनिल बलको क्रसमा अन्जन विष्टले प्रहर गरेको ओभरहेड किकले गोलरक्षकलाई कष्ट दिन सकेको थिएन।
दोश्रो हाफको ५८औं मिनेटमा कप्तान जाबीखिल्लोले जासुर्बेक याक्शीबोभको क्रसमा पाएको फ्री हेडरलाई पोष्टको दिशा दिन सकेनन्। ८०औं मिनेटमा उज्बेकिस्तानका गानिएभ अजिजोनले उत्कृष्ट वन टु पासको मुभ बनाउँदै उज्वेकिस्तानको अग्रता दोब्बर पारेका थिए। उनले नेपालको डी-बक्सको ठिक बाहिरबाट कप्तान जाबीखिल्लोसँग पास खेल्दै फिर्ती पास भने बक्स भित्र लिएर गोलरक्षक एलन न्यौपानेलाई बिट गरेका थिए।
खेलको ९०औं मिनेटमा गोलरक्षक एलन न्यौपानेले वन भर्सेस वनको स्थितिमा उत्कृष्ट सेभ गरेका थिए। दोश्रो हाफको इन्ज्युरी समयको दोश्रो मिनेटमा उज्वेकिस्तानका सिदोरोभ आन्द्रेले शरोफ मुख्त्दिनोभको क्रसलाई खाली पोष्टमा छुन सकेका थिएनन्।
उज्वेकिस्तान २-०को जितसँगै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। कुनै अंक जोड्न नसकेको नेपाल भने पुछारमै अड्केको छ। सोमबार हुने दोश्रो खेलमा घरेलु टोली युएई र लेबनान भिड्दैछन्। समूह चरणको अन्तिम खेलमा नेपालले बुधबार लेबनानको सामना गर्नेछ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]