8 years ago
July 18, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपाल रहेको समूह ‘डी’को अर्को खेलमा घरेलु टोली युएईले लेबनानलाई १-०ले पराजित गरेको छ।
युएईले खेलको ८५औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो। युएईको जितमा अल हास्मीले गरेको पेनाल्टी गोल नै निर्णायक रहेको थियो। डिफेन्डर खालेद अलिले अल यह्याएलाई बक्सभित्र फल हानेपछि युएईले पेनाल्टी पाएको थियो।
यस जितसँगै युएई अंक तालिकाको शीर्षस्थानमा पुगेको छ। २ खेलमा जित हात पारेपनि उज्वेकिस्तान गोल अन्तरका आधारमा दोश्रो स्थानमा छ। बुधबार यी दुइ टोली एकआपसमा भिड्नेछन्। दुवै खेल हरेर प्रतियोगिताबाट बहिरिरेका नेपाल र लेबनानको खेल पनि बुधबार हुनेछ।
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]