8 years ago
July 18, 2017
पेरिस (एजेन्सी)– नेयमार जस्तै प्रस्ताव आउँदा पनि क्लबमै रहनेमा विश्वकै चर्चित क्लब मध्येको एक स्पेनिस टोली बार्सिलोना विश्वस्त देखिएको छ । २ सय २२ मिलियन पाउन्ड सुरुवा रकम तिरेर पनि नेयमारलाई भित्राउन फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) तयार भएको समाचार सार्वजनिक भएपछि बार्सिलोनाका अधिकारीको भनाई सर्वाजनिक भएको छ ।

२ सय २२ मिलियन पाउन्ड अहिले सम्मको कीर्तिमानी सरुवा रकमको दोब्बर रकम हो । अर्को सिजन च्याम्पियन्स लिग उपाधिको चुनौतिलाई बलियो बनाउने क्रममा पिएजसी नेयमारका लागि ठूलो रकम तीर्न तयार रहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । तर, बार्सिलोनाका प्रवक्ता जोसेप भिभ्सले भने अहिले चलेका हल्लालाई निराधार भएको बताएका छन् ।
‘नेयमारलाई बेच्ने विषय हाम्रो कल्पना भन्दा बाहिरको विषय हो । हाम्रो चासो भनेको उनी यहाँ कसरी खुसी रहन्छन् भन्ने हो,’ भिभ्सले इएसपिएनलाई भनेका छन्,‘ उनले यहाँ उच्च प्रदर्शन गरिरहेका छन् । पछिल्लो सिजनमा पनि उनको प्रदर्शन उच्च रह्यो । उनी विश्वकै उत्कृष्ट खेलाडी मध्येका एक हनु् । क्लब उनीसँग र उनी क्लबसँग खुसी छन् । हामीलाई आशा छ अघिल्लो सिजन भन्दा पनि आउने सिजन उनको प्रदर्शन अझै स्तरीय हु्नेछ ।’
उत्कृष्ट खेलाडीलाई क्लबले आफैसंग राख्न चाहेको प्रष्ट पार्दै प्रवक्ता भिभ्सले थपे,‘ नेयमार हाम्रो क्लबको मुख्य अनुहार मध्येका एक हुन् ।’ २५ बर्षे नेयमारको बार्सासँगको सम्झौता सन् २०२१ सम्मको छ । बालोन डी’ओरका दाबेदार मध्येका एक नेयमार लियोनल मेस्सीसँगै खेलेर त्यो उपाधि जित्ने सम्भावना नरहने अनुमानका कारण उनीले अन्य क्लब रोज्न सक्ने अनुमान बेला बखत चलिरहन्छन् ।
सान्तोषबाट २०१३ मा बार्सिलोना पुगेका नेयमारले १ सय ८६ खेलमा १ सय ५ गोल गरिसकेका छन् । यसबीचमा उनले टोलीका लागि दुईवटा ला लिगा उपाधि, तीन वटा कापा डेल रे र २०१५ मा च्याम्पियन्स लिग उपाधि जितेका थिए ।
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]