default_image

8 years ago

July 18, 2017

यस सिजनको शीर्ष ५ महँगा ट्रान्सफर

131 views

0 Bookmark

एजेन्सी – २०१७/१८को युरोपियन सिजन सुरु हुन अब केहि सातामात्र बाँकी छ। युरोपका क्लबहरु अहिले सिजनको तयारीका लागि प्रि-सिजनका खेल एवं अभ्यास सत्रमा व्यस्त रहेका छन्।

नयाँ सिजनका लागि तयारीसँगै क्लबहरुले आफ्नो टोलीलाई बलियो पार्न नयाँ खेलाडीहरुलाई अनुबन्धन गर्ने क्रम पनि जारी छ। केहि क्लबले मोटो रकम तिरेर आफ्नो क्लबमा नयाँ खेलाडी ल्याएका छन् भने केहिले लोनमा खेलाडी लिने क्रम जारी छ। अहिलेसम्म पुरा भएका शीर्ष ५ महँगा ट्रान्सफरहरु यसप्रकार छन्:

५. लिओनार्डो बोनुची (युभेन्टसबाट एसी मिलान)
युभेन्टसका स्टार डिफेन्डर बोनुचीलाई भित्र्याउन एसी मिलानले ३५.७ मिलियन पाउण्ड खर्चेको हो। यस सिजन नयाँ आयाम फेर्न लागेको मिलानले बोनुचीसँगै अन्य धेरै खेलाडी भित्र्याएको छ।

४. बर्नार्डो सिल्भा (एएस मोनाकोबाट म्यानचेस्टर सिटि)
पोर्चुगलका लागि कन्फेडेरेसन कपमा उत्कृष्ट प्रदर्शन गरेका सिल्भालाई सिटिले प्रतियोगिता सुरु हुनुपूर्वनै अनुबन्धन गरिसकेको थियो। सिटीले ४२.५ मिलियन पाउण्ड खर्चेर मोनाकोबाट म्यानचेस्टर ल्याएको हो।

३. काइल वाल्कर (टोटेनहम हट्स्परबाट म्यानचेस्टर सिटि)
इङ्गल्याण्ड राष्ट्रिय टोलीका नियमित सदस्य वाल्कर टोटेनहमबाट म्यानचेस्टर सिटि आउँदा  सिटीले कीर्तिमानी ४३.३५ मिलियन पाउण्ड खर्चेको थियो। यो रकम फुटबल इतिहासमै डिफेन्डरलाई तिरिएको सबैभन्दा ठुलो स्थानान्तरण रकम हो। यससँगै वाल्कर सबैभन्दा महँगा इङ्गलिस खेलाडी पनि बने।

२. एल्क्जेन्डर लाकजेट (लियोनबाट आर्सनल)
फ्रान्सको लिग वनमा दोश्रो सर्वाधिक गोलकर्ता रहेका लाकजेटलाई भित्र्याउन आर्सनलले ४५.०५ मिलियन पाउण्ड खर्चेको थियो। उनले आफ्नो डेब्यु खेलमै गोल गरेर समर्थकहरुलाई ठुलो आशा देखाईसकेका छन्।

१. रोमेलु लुकाकु (एभर्टनबाट म्यानचेस्टर युनाइटेड)
गत सिजन एभर्टनबाट खेल्दै प्रिमियर लिगको गोल्डेन बुटमा बलियो दावेदारी प्रस्तुत गरेका लुकाकुलाई भित्र्याउन म्यानचेस्टर युनाइटेडले ७२ मिलियन पाउण्ड खर्चियो। बेल्जियम राष्ट्रिय टोलीका नियमित सदस्य रहेका लुकाकु युनाइटेडका मिडफिल्डर पल पोग्बाका नजिकका साथी पनि हुन्।

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

Success

Thank you for your time.