8 years ago
July 19, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन क्लब टिसी स्पोर्टस क्लबले माले लिगमा मंगलबार सफलता प्राप्त गरेको छ । भिक्ट्री स्पोर्टस क्लबलाई ४–१ ले हराएसँगै किरणको टोली अंक तालिकाको चौथो स्थानमा उक्लेको छ ।
१३ खेलको समाप्तीमा टोली छैटौं स्थानमा थियो । टिसी स्पोर्टस र भिक्ट्रीबीच यसअघिको खेल २–२ को बराबरीमा टुंगिएको थियो । ८ क्लबको सहभागिता रहेको लिगमा १४ खेलको समाप्तीमा टिसी स्पोर्टसको २२ अंक पुगेको छ । शीर्षस्थानको माजिया एसआरसीको २६ अंक छ । त्यस्तै दोस्रो स्थानको न्यू रेडियन्टको २६ र क्लब ग्रिन स्ट्रिटको २४ अंक छ ।
किरणको टोलीले सहज जित हासिल गरेको थियो । २७ औं मिनेटमा इब्राहिम माहुदीको गोलमा टिसी स्पोर्टसले अग्रता लिएको थियो भने ५७ औं मिनेटमा इब्राहिम वाहिद हसनले टोलीका लागि दोस्रो गोल गरेका थिए ।
७५ औं मिनेटमा भिक्ट्रीका एमएम मोहम्म सिदिकले गोल गर्दै गोलअन्तरलाई कम गराए । तर त्यसको पाँच मिनेट नवित्दै टिसी स्पोर्टसका मोहम्मद अजामले पुनः टोलीलाई अघि बढाए । ८३ औं मिनेटमा कोर्नेलिउस स्टेवार्टले टिसी स्पोर्टसका लागि चौथो गोल गरेका थिए ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]