8 years ago
July 19, 2017
पेरिस (एन्जेसी)– बार्सिलोना छाडेर विश्व कीर्तिमानी रकम १ सय ९० मिलियन पाउन्डमा नेयमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) जाने सम्भावना बढेको बताइएको छ । ब्राजिलियन स्टार नेयमारले संसारकै सबैभन्दा महंगो खेलाडी बन्ने लिग १ टोलीको प्रस्तावलाई स्वीकार गरेको र केही दिनमा उनको सरुवाका विषयमा टुंगो लाग्ने अनुमान गरिएको छ ।
२५ वर्षे सान्तोषका पूर्व खेलाडी लामो सम्झौताका साथ पिएसजी पुग्ने र त्यसले फुटबलमा उनको अलग छवि स्थापित हुन सक्ने अड्कल पनि काटिएको छ । च्याम्पियन्स लिगसहित घरेलु लिग उपाधिको सम्भावनालाई बलियो बनाउन पिएसजी चर्को मुल्य तिरेर पनि नेयमारलाई भित्राउन प्रयारत रहेको बताइएको छ । छ पटकको लिग १ च्याम्पियनपन पिएसजी गत बर्ष विजेता मोनाको भन्दा ८ अंकले पछाडी परेको थियो ।
पछिल्ला बर्षहरुमा नेयमारले बार्सिलोनामा मुख्यतः लियोनल मेस्सीको छायाँ खासै प्रभाव पार्न नसकेको चर्चा पनि चल्ने गरेको छ । बार्सिलोनाका उपाध्यक्ष जोर्डी मेस्ट्रेले नयमार बार्सिलोनामै रहने विश्वास व्यक्त गरेको केही घन्टामै उनी पिएसजी जान्ने सम्भावना बढेको समाचार सार्वजनिक भएको छ ।
‘नेयमारले क्लब छाड्ने छैनन् भन्नेमा म २ सय प्रतिशत विश्वस्त छु’ बार्सिलोनाका उपाध्यक्ष मेस्ट्रले भनेका छन्, ‘मैले आज बिहानमात्र पढे पिएसजीले उनलाई लाने विषय पुरै अस्वीकार गरेको छ । हाम्रो दुई क्लबकाबीचमा सम्बन्धमा परिवर्तन आउने कुनै कारण छैन । ’
यद्दपी विश्वका उत्कृष्ट खेलाडी मध्येका एक नेयमार बार्सिलोनामा रहँदा सम्म मेस्सीको छायाँबाट मुक्त हुन नसक्ने विश्वास गरिदै आएको छ । नेयमारका सल्लाहकारले मेस्सीसँग हुँदा सम्म तिमि जहिल्यै दोस्रो हुनेछौं । जहिले पनि तिमी उनको छायाँ पर्नेछौ भन्ने सल्लाह यसअघि नै दिएको सार्वजनिक भएको थियो ।
यदि नेयमार पिएसजी पुगे पनि उनी सबैभन्दा ठूलो नाम हुनेछन् । मेस्सीको छायाँमा परेका उनी पिएसजीमा एन्जल डी मारिया र एडिन्सन काभानीको बीचमा भने ठूलो नाम नै हुने विश्वास गरिएको छ । अघिल्लो दिनमा पिएसजी नेयमारका लागि २ सय २२ मिलियन पाउन्ड सरुवा रकम तीर्न पनि तयार रहेको समाचार सार्वजनिक भएको थियो ।
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]