8 years ago
July 19, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिप २०१८को छनोट चरणमा सहभागिता जनाउन नेपाली टोली युएईको अल आइन सहरमा छ। तर प्रतियोगिताको सुरुवाती २ खेलमा पराजय भोगेसँगै नेपालको अन्तिम चरणमा छनोट हुने सपना भने बिलिन भइसकेको छ। नेपालले पहिलो खेलमा आयिजक युएई संग ५-० र दोश्रो खेलमा उज्वेकिस्तानसँग २-०को हार व्येहोरेको हो।
सन् २०१३मा एसियाली फुटबल महासंघले एएफसी यू२२ च्याम्पियनसिपको पहिलो संस्करण आयोजना गरेको थियो। नेपालमै योजना गरिएको उक्त प्रतियोगिताको छनोट चरणमा नेपालले ४ खेलमा १ जित र ३ हार व्येहोरेको थियो। पहिलो खेलमा बंगलादेशलाई ४-१ले पराजित गरेको नेपालले दोश्रो खेलमा यमनसँग १-०ले पराजित भयो। तेश्रो खेलमा उज्वेकिस्तानसँग ४-२ले पराजित भएको नेपालले अन्तिम खेल जोर्डनसँग ३-०ले हार्यो।
उज्वेकिस्तानविरुद्धको ४-२को हारमा सुजल श्रेष्ठले ४२औं मिनेटमा गोल गर्दै खेललाई २-२को बराबरीमा ल्याएका थिए। उक्त गोलनै नेपालको लागि एएफसी यू२३ उमेर समूहको पछिल्लो गोल हो। सन् २०१२ जुन २०मा दशरथ रंगशालामा गरेको उक्त गोलपछि नेपालले यस उमेर समूहमा ७ खेल खेलिसक्दा कुनै गोल गरेको छैन।
सन् २०१६को संस्करणमा एएफसीले यू२२ को सट्टामा यू२३ उमेर समूहलाई समेट्ने निर्णय गर्यो। नेपालले २०१६को संस्कारणको छनोटका लागि भने मार्च २०१५मा छनोट चरणका खेलहरु खेलेको थियो। इरानमा भएको छनोट चरणमा नेपालले ४ खेलमा १७ गोल खाएको थियो भने कुनै गोल गर्न सकेको थिएन। जगजित श्रेष्ठको कप्तानीमा इरान पुगेको टोलीले पहिलो खेलमा घरेलु टोलीसँग ५-०, अफगानिस्तानसँग २-०, साउदी अरेबियासँग ६-० र प्यालेस्टाइनसँग ४-०को नतिजा ल्याएको थियो।
७ खेलसम्म गोल गर्न नसकेको नेपाली टोलीलाई आज लेबनानविरुद्धको खेलमा गोल गरेर उक्त खडेरी तोड्ने मौका छ। पछिल्ला २ खेलमा पराजित लेबनानको पनि छनोट हुने सम्भावना समाप्त भइसकेको छ। यस्तो अवस्थामा नेपाली फरवार्डहरु विमल घर्ती मगर र सन्जोग राईमाथि गोल गर्ने दबाब पक्कै रहनेछ। आजको खेलमा पनि गोल गर्न नसकेको खण्डमा नेपाली समर्थकले यू२३ उमेर समूहको एएफसी प्रतियोगितामा गोल हेर्न अर्को संस्करणको प्रतिक्षा गर्नुपर्ने हुन्छ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]