8 years ago
July 20, 2017
लन्डन (एजेन्सी) – इङ्गलिस् प्रिमियर लिग च्याम्पियन चेल्सी र स्पेनिस लिग च्याम्पियन रियल म्याड्रिडबीच स्ट्राइकर अल्भारो मोराटाको ट्रान्सफर रकममा सम्झौता भएको छ। अब खेलाडीसँगको व्यक्तिगत सम्झौता पछि २४ वर्षीय स्ट्राइकर मोराटा चेल्सीसँग आबद्ध हुने चेल्सी फुटबल क्लबको आधिकारिक वेबसाइटले जनाएको छ ।
युवा अवस्थामा एटलेटिको म्याड्रिड हुदै गेटाफे र त्यहाँबाट रियल म्याड्रिडको युथ टोली हुँदै रियलको पहिलो टोलीमा स्थान पाएका मोराटा २० मिलियन युरोमा युभेन्टस पुगेका थिए । युभेन्टसमा राम्रो प्रदर्शन गरेपछि रियलले ‘बाइ ब्याक‘ क्लज उपयोग गर्दै मोराटालाई फेरी किनेको थियो ।
हाल मोराटालाई बेच्न चेल्सीसँग रियलको ६६ मिलियन युरोको सम्झौता भएको विभिन्न अन्तरास्ट्रिय मिडियाहरुले जनाएका छन् । सम्झौतामा विभिन्न शर्तहरु लागु भएको र मोराटाको प्रदर्शनसँगै ट्रान्सफरको मूल्य ८० मिलियन युरो सम्म पुग्ने छ ।
मोराटाले अब चेल्सीसँग मेडिकल गरेर सम्झौताको शर्तहरुमा सहमतिमा आएपछि आधारिकारिक रुपमा चेल्सीका खेलाडी हुनेछन । मोराटालाई भित्राउन म्यानचेस्टर युनाइटेडले पनि संघर्ष गरेको थियो तर रियलसँग सम्झौतामा पुग्न असफल भएपछि युनाइटेडले एभर्टनबाट रोमेलु लुकाकु किनेको हो । त्यस्तै लुकाकुलाई चेल्सीमा ल्याउन असफल भएपछि चेल्सीको ध्यान मोराटातर्फ पुगेको थियो । मोराटाको आगमनसँगै डिएगो कोस्टाले चेल्सी छाड्ने बाटो अझ स्पष्ट हुने छ ।
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]