काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणमा सहभागिता जनाउन युएईको पुगेको नेपाली टोली आज स्वदेश फर्कने भएको छ। छनोट चरणका सबै तिन खेलमा पराजय भोगेको नेपाल आज साँझ नेपाल आइपुग्ने कार्यक्रम रहेको छ।
नेपाली टोली फ्लाई दुबईको विमानबाट साँझ ६ बजे त्रिभुवन विमानस्थल उत्रने कार्यक्रम रहेको छ। २३ खेलाडी र ८ अफिसियल सम्मिलित टोली दुबईबाट आज दिउँसो प्रस्थान गर्दैछ।
नेपाली टोलीले पहिलो खेलमा अफगानिस्तानसँग ५-० र उज्वेकिस्तान र लेबनानसँग समान २-०को हार व्येहोर्दै खराब प्रदर्शन गरेको थियो।