default_image

8 years ago

July 20, 2017

नेयमारलाई बेचेर बाप्पे भित्र्याउने बार्सिलोनाको योजना

124 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाली पेरिस सेन्ट जर्मन (पिएसजी)ले ब्राजिलियन सुपरस्टार नेयमारको रिलिज क्लज तिरेको खण्डमा उनलाई बिक्रि गरेर एएस मोनाकोका किलियन बाप्पेलाई भित्र्याउने तयारी गरेको छ। नेयमारको बार्सिलोनासँगको सम्झौता अनुसार पिएसजीले उनलाई क्लबमा भित्र्याउन चाहेमा २ सय २२ मिलियन युरो तिर्नुपर्ने प्रावधान रहेको छ।

बार्सिलोनाले गत सिजन नेयमारलाई कुनै हालतमा पनि नबेच्ने बताएपनि नेयमारले विगत केहि सातायता दिंदै आएको अभिव्यक्ति र गत सिजन उनको मैदानबाहिरका घटनालाई मध्यनजर गर्दै क्लबले ठुलो प्रस्ताब आएमा स्वीकार्ने बुझिएको छ। गत सिजन नेयमार च्याम्पियन्स लिगका केहि खेलपश्चात जस्टिन बिबर, लेविस ह्यामिलटन लगायत अन्य सेलिब्रिटीहरुसँग पार्टीमा गएको र त्यसले उनको प्रदर्शनमा असर पारेको तथ्य सार्वजनिक भएको थियो।

यस्तै, बार्सिलोनाका प्रशिक्षक उन्जुएले नेयमारलाई खेल मैदानबाहिर धेरै ध्यान नदिने सुझाव दिंदा नेयमार र प्रशिक्षक उन्जुए बीच भनाभन पनि भएको थियो। त्यस समयका मुख्य प्रशिक्षक लुइस इन्रिकेले नेयमारलाई त्यस समय माफी माग्न सुझाएका थिए।

बार्सिलोनाले यस्तै विविध कारणले गर्दा नेयमारलाई उचित रकमको प्रस्ताब आएमा छाड्ने मनस्थिति राखेको छ। यता नेयमार भने बार्सिलोनामा रहेर उनले कहिलेपनि ब्यालोन डी’ओर जित्न नसक्ने सोच राखेको बुझिएको छ। मेस्सी र सुआरेजको उपस्थितिमा नेयमारको सम्भावना कम रहेकाले उनले क्लब छाड्न चाहेको केहि प्रेसले लेखेका छन्।

यद्दपी नेयमारलाई बेचेको खण्डमा बार्सिलोनाले एएस मोनाकोका किलियन बाप्पेलाई खरिद गर्ने लगभग पक्का हुनेछ। युवा अवस्थामा रहेका बाप्पेलाई खर्च गर्ने पैसा नेयमारको स्थानान्तरणबाट जम्मा गर्ने लक्ष्य पनि बार्सिलोनाको हुनेछ। त्यसबाहेक बाँकी रकमले पिएसजीकै मार्को भेर्राट्टी अथवा अन्य खेलाडी पनि किन्न सक्नेछ। नेयमारको तुलनामा बाप्पे युवा रहेको र उनमा अझै सुधार ल्याउन सकिने हुनाले बार्साले बाप्पेलाई ताकेको हो।

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

Success

Thank you for your time.