default_image

8 years ago

July 21, 2017

नेयमारको भविष्य उनकै परिवारमा निर्भर

128 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– नेयमारको भविष्यको बारेमा निर्णय गर्ने जिम्मेवारी बार्सिलोनाले नेयमार उनका बाबुको हातमा छोडेको छ । ब्राजिलियन स्ट्राइकर नेयमारलाई भित्राउन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लागि परेपछि बार्सिलोनाले भविष्यको निर्णय गर्ने जिम्मेवारी उनीहरुलाई नै सुम्पेको बुझिएको छ ।

बाबुसँग नेयमार

पिएसजी २ सय २२ मिलियन युरो सुरुवा रकम तिरेर भएपनि नेयमारलाई लाने सोचमा रहेको यसअघि नै सार्वजनिक भइसकेको छ । नेयमारका लागि त्यो सुरुवा रकम तिरिएमा त्यो अहिले सम्मको विश्व कीर्तिमानी सरुवा रकमको ठिक दोब्बर हुनेछ ।

२५ बर्षे स्ट्राइकर पिएजसी जाने बलियो सम्भावना रहेको र सुरुवा ९५ प्रतिशत निश्चित रहेको श्रोतको दाबी छ । यद्दपी बार्सिलोनाका शीर्ष पदाधिकारीले भने नेयमार क्लबमै खुसी रहेको बताएका थिए । बार्सिलोनका अध्यक्ष जोसेप बार्टोमेउ र उपाध्यक्ष जोर्डि मेस्ट्रेले उनी क्याम्प नोउमै खुसी रहेको र क्लब छोड्ने योजनामा नरहेको बताएका थिए । तर, पछिल्लो समय भने उनीहरुले पनि यो विषयमा बोल्न चाहिरहेका छैनन् ।

नेयमार सन् २०१३ मा सान्तोषबाट बार्सिलोना पुगेका थिए । दुईवटा ला लिगा, तीन वटा कोपा डेल रे र एउटा च्याम्पियन्स लिग उपाधि जितिसकेका नेयमारले बार्सिलोनाका लागि १ सय ८६ खेलमा १ सय ५ गोल गरिसकेका छन् ।

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

Success

Thank you for your time.