default_image

8 years ago

July 21, 2017

मोनाकोले बाप्पेको मूल्य तोक्यो

81 views

0 Bookmark

मोनाको (एजेन्सी) – आफ्नो स्टार खेलाडीहरुलाई बेचेको मोनाकोले यस ट्रान्सफर विन्डोमा ठूला क्लबहरुको नजरमा रहेका किलियन बाप्पेको मूल्य तोकेको छ ।

bappe

स्पेनिस मिडिया मार्साका अनुसार यो सिजन बर्नान्डो सिल्भा , टिमोए बाकायोको र भालेर जर्मेन गुमाई सकेको मोनाकोले थप स्टार खेलाडी नगुमाउने नियतले बाप्पेको उच्च मूल्य तोकेको हो । मार्साको अनुसार मोनाकोले बाप्पेलाई १ सय ९० मिलियन युरोमा मुल्यांकन गरेको र यसले बाप्पेमाथि चासो राखेका सबै क्लब पछि हट्नेमा मोनाको विश्वस्त छ ।

१८ वर्षे बाप्पेले ५७ खेलमा २७ गोल गरिसक्दा युरोपका ठूला क्लबहरुको ध्यान खिचेका छन् । यसै ट्रान्सफर सिजनमा मोनाकोले लिभरपुलको १ सय मिलियन युरोको प्रस्ताव अस्वीकार गरि सकेको छ । रियल म्याड्रिड र बार्सिलोनाले बाप्पे प्रति चासो देखाउदै आएपनि मोनाकोले सबै प्रस्ताव अस्विकार गर्दै आएको छ ।

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

Success

Thank you for your time.