default_image

8 years ago

July 22, 2017

कीर्तिमानी रकममा रियलका मोराटा चेल्सी पुगे

134 views

0 Bookmark

एजेन्सी – इङ्गलिस् प्रिमियर लिग च्याम्पियन चेल्सीले क्लबको इतिहासकै सर्वाधिक रकम तिरेर स्पेनिस च्याम्पियन रियल म्याड्रिडका फरवार्ड अल्भारो मोराटालाई क्लबमा भित्र्याएको छ। चेल्सीले मोराटालाई क्लबमा ल्याउन ६० मिलियन पाउण्ड खर्चेको हो।

२४ वर्षीय स्पेनिस फरवार्ड मोराटाले चेल्सीसँग ५ वर्षे सम्झौता गरेका छन्। उनले प्रति साता १ लाख ५५ हजार पाउण्ड तलब बुझ्नेछन् भने उनको प्रदर्शनको आधारमा बोनसहरु पनि पाउनेछन्। गत सिजन मोराटाले स्पेनिस लिगमा १५ गोल र ४ असिस्ट प्रदान गरेका थिए।

मोराटाले चेल्सीमा आबद्ध भएलगत्तै पत्रकार सम्मेलनमा बोल्दै आफु यस क्लबमा आउन पाउँदा एकदम खुशी रहेको बताए। ‘मा निकै खुशी छु। चेल्सीजस्तो ठुलो क्लबमा रहेर खेल्न पाउनु निकै ठुलो उपलब्धि हो। म यहाँ कडा मेहेनत गरेर सकेसम्म धेरै गोल हान्ने प्रयास गर्नेछु। यहाँ रहेर टोलीका लागि उपाधि जित्नु मेरो मुख्य लक्ष्य हुनेछ।’

चेल्सीका प्रशिक्षक एन्टोनियो कन्टेले पनि मोराटालाई चेल्सीमा आउँदा टोलीलाई निकै फाइदा पुग्ने बताए। ‘हामीले निकै राम्रो स्ट्राइकरलाई टोलीमा ल्याएका छौँ। उनले युवा अवस्थामा निकै उपाधि जितेका छन् र म उनलाई टोलीमा ल्याउन पाउँदा निकै हर्षित छु।’

‘मोराटा हाम्रो क्लबका लागि उत्कृष्ट खेलाडी हुन्। उनले रियल म्याड्रिड र युभेन्टसजस्ता क्लबबाट खेल्दै आफ्नो खेल सिद्द पारिसकेका छन्। उनको युवा जोशसँगैको अनुभव हाम्रो लागि निकै राम्रो पक्ष हो।’

मोराटा अब केहि दिनमै चेल्सीको टोलीसँग सिंगापुरमा जारी प्रि-सिजन टुरमा जानेछन्।

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

Success

Thank you for your time.