default_image

8 years ago

July 22, 2017

ड्यानीलो रियल छाडेर म्यानचेस्टर सिटि जाँदै

200 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटिले रियल म्याड्रिडका डिफेन्डर ड्यानीलोलाई यसै साताभित्र आफ्नो क्लबमा भित्र्याउने अन्तिम तयारी गरेको छ। सिटिले गरेको २७ मिलियन पाउण्डको प्रस्ताव रियलले स्वीकार गरेपछि ड्यानीलो सिटि जाने पक्का भएको हो।

सन् २०१५मा रियल म्याड्रिड आएका ड्यानीलोले रियलमा रहेर राम्रो प्रदर्शन गर्न नसकेपछि क्लबले उनलाई बिक्रि गर्ने सोच बनाएको हो। २ सिजनमा उन्ला ४१ खेल खेल्दै ३ गोल गरेका छन्। सिजनको अन्त्यतिर उनि कर्भाजल र नाचोपछिको रोजाईको खेलाडी बनेपछि प्रशिक्षक जिदानले उनलाई प्रयोग गरेका थिएनन्।

सिटिले यसअघिनै ५० मिलियन पाउण्ड खर्चेर काइल वाल्करलाई भित्र्याएपनि प्रशिक्षक गुआर्डीओलाले भने आफ्नो टोलीलाई बलियो बनाउन कुनै कसर नछाड्ने बताए। उनले मोनाकोबाट लेफ्ट ब्याक बेन्जामिन मेन्डीलाई पनि भित्र्याउने प्रयास गरिरहेको बुझिएको छ। उनले शुक्रबार भएको पत्रकार सम्मेलनमा सिटीले अझै ‘३ वा ४ खेलाडी’लाई क्लबमा ल्याउने प्रयास गरिरहेको बताए।

रियल म्याड्रिड र म्यानचेस्टर सिटि आगामी बुधबार हुने खेलमा आमने सामने हुँदैछन्। दुवै क्लब अहिले अमेरिकामा रहेर प्रि सिजनको खेल एवं प्रशिक्षणमा व्यस्त छन्। सिटीले यसै साता रोमाको प्रस्तावलाई स्वीकार्दै डिफेन्डर एलेक्जेन्डर कोलारोभलाई बिक्रि गरेको छ भने फरवार्ड विल्फ्रिड बोनी र फबियान डेल्फ पनि क्लब छाड्ने तयारीमा छन्।

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

Success

Thank you for your time.