8 years ago
July 22, 2017
एजेन्सी – गत सिजनका इङ्गलिस् प्रिमियर लिफ र फ्रान्सेली लिग वनका उपविजेता टोली टोटेनहम हट्स्पर र पेरिस सेन्ट जर्मेन (पिएसजी) शनिबार मैत्रीपूर्ण खेलमा आमने सामने हुँदैछन्। अमेरिकामा हुने इन्टरनेसनल च्याम्पियन्स कपमा यी दुइ टोलीको भेट हुन लागेको हो।
प्रि सिजनको अभ्यासमा रहेका दुवै टोलीले यस खेलका लागि अनुभवी र युवा खेलाडीको सम्मिश्रण गरेर खेल्ने बुझिएको छ। टोटेनहमको यो प्रि सिजनको पहिलो खेल हो भने पिएसजीले यसअघि एक खेल खेलिसकेको छ। रोमासँग भएको पहिलो प्रि सिजन खेलमा पिएसजी पेनाल्टी सुटआउटमा विजयी रहेको थियो। निर्धारित समयको खेल १-१को बराबरीमा टुंगिएपछि पेनाल्टी लिइएको थियो।
टोटेनहमले काइल वाल्करको ट्रान्सफरपछि पहिलोपटक मैत्रीपूर्ण खेलमा उत्रन लागेको हो। उसका लागि ह्यारी केन, डेले आली, ह्युगो लोरिस लगायतका महत्त्वपूर्ण खेलाडीहरुले खेल्ने कार्यक्रम रहेको छ। यसैगरि पिएसजीले पनि मर्किन्होस, थीयागो सिल्भा, एडिन्सन कभानी, लगायतका खेलाडीलाई उतार्नेछ।
खेल नेपाली समयानुसार आइतबार बिहान ५:४५ बजे सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रसारण सोनी लिभ र टेन २ बाट हुनेछ।
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]