8 years ago
July 23, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले बायर्नमा २ वर्षे लोनमा पठाएको कोलम्बियन मिडफिल्डर हामेस रोड्रीग्वेजको ‘१०’ अंकित जर्सी अर्का मिडफिल्डरलाई दिएको छ।
रोड्रीग्वेजको जर्मन क्लब बायर्न म्युनिखसँग दुई वर्षे लोन सम्झौतापछि रियलमा उनको जर्सी लुका मोड्रिचले लगाउने भएका छन्। राष्ट्रिय टोलीमा क्रोसियासँग १० अंकित जर्सी लगाउने मोड्रिच यसअघि रियलमा १९ नम्बरको जर्सी लगाउथे। आर्सनल जानु अघि मेसुट ओजिलले लगाउने नम्बर २०१४ मा रोड्रीग्वेजले पाएका थिए।
रियल बेटिसबाट म्याड्रिड आएका २० वर्षिय मिडफिल्डर ड्यानियल सेबालोसलाई क्लबले २४ अंकित जर्सी दिएको छ। यसैगरी पेपेले लगाउँदै आएको ३ नम्बर जर्सी डिफेन्डर भालेहोले पाएका छन्।
रियल म्याड्रिडमा पर्याप्त खेल समय नपाएपछि रोड्रीग्वेज उनको पुर्व प्रशिक्षक कार्लो एन्सेलोटीले सम्हालेको बायर्न पुगेका हुन्। उनलाई २०१४ मा एन्सेलोटीले मोनाकोबाट रियलमा ल्याएका थिए।
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]