8 years ago
July 23, 2017
एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमारले २ गोल गरेपछि प्रि सिजनको मैक्रीपूर्ण खेलमा बार्सिलोनाले युभेन्टसलाई २-१लो पराजित गरेको छ। अमेरिकामा खेलिएको खेलमा युभेन्टसका लागि एतमात्र गोल जिओर्जियो किएलिनिले गरेका थिए।
खेलको १५औं मिनेटमा बार्सिलोनाका नेयमारले टोलीलाई अग्रता दिलाएका थिए। उनले पाको अल्कासेरसँग बक्स बाहिरबाट उत्कृष्ट वन-टु पास खेल्दै सिक्स यार्ड बक्स अगाडीबाट गोल गरेका थिए। २६औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै नेयमारले टोलीलाई २-०को अग्रता दिलाए। लियोनेल मेस्सीको पास पाएपछि नेयमारले बक्स भित्र रहेका ४ जना डिफेन्डरलाई छक्याउँदै दर्शनीय गोल गरेका थिए।
युभेन्टसले खेलको ६६औं मिनेटमा गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरेको थियो। युभेन्टसका लागि किएलिनीले कर्नरमा हेडरमार्फत गोल गरेका थिए। तर, थप गोल हुन नसकेपछि खेलमा बार्सिलोना विजयी रह्यो।
पिएसजीले नेयमारलाई भित्र्याउन विश्व कीर्तिमानी रकम तयार पारिरहेको अवस्थामा यस प्रदर्शनले उनको महत्त्व थप बढी भएको छ। नेयमारले दुवै गोल उत्कृष्ट ढंगले गरेका थिए।
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]