8 years ago
July 23, 2017
एजेन्सी – इङ्गलिस प्रिमियर लिग क्लब टोटेनहम हट्स्परले प्रि सिजनको मैत्रीपूर्ण खेलमा फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई ४-२ले पराजित गरेको छ। पिएसजीले खेलमा अग्रता लिएपनि टोटेनहमले खेलमा फर्कंदै जित हात पारेको थियो।
खेलमा पिएसजीले एडिन्सन कभानीको छैटौं मिनेटको गोलसँगै सुरुवाती अग्रता लिएको थियो। तर क्रिस्टियन एरिक्सनले ११औं मिनेटमा उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनले करिब ३५ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। १८औं मिनेटमा एरिक डायरले दबाब दिन खोज्दा पिएसजीका गोलरक्षक केभिन ट्रयापले प्रहार गरेको बल डायरलाई लगेर गोल भएको थियो। हभिएर पास्तोरेले ३६औं मिनेटमा गोल गर्दै खेललाई पुन: बराबरीमा ल्याएका थिए।
दोश्रो हाफको सुरुवातमै गोलरक्षक ट्रयाप रातो कार्ड खाँदै मैदान छाडेपछि पिएसजी संकटमा पारेको थियो। ट्रयापले बक्सबाहिर निस्केर गोलतर्फ गइरहेको बललाई हातले बचाएका थिए। खेलको ८२औं मिनेटमा टोबी आल्डरवेरल्डले उत्कृष्ट गोल गर्दै टोटेनहमलाई पुन अग्रता दिलाए। उनले २५ यार्ड टाढाबाट गरेको प्रहारलाई गोलरक्षक एरेओलाले ठम्याउन सकेनन। ८८औं मिनेटमा ह्यारी केनले पेनाल्टी मार्फत गोल गर्दै जित पक्का गरेका थिए।
प्रि सिजनको पहिलो खेलमा जित हात पारेको पिएसजीले दोश्रो खेलमा हार व्येहोर्यो। यता टोटेनहमले भने जितसँगै आफ्नो नयाँ सिजनको तयारी सुरु गरेको छ।
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]