8 years ago
July 23, 2017
बेजिङ (एजेन्सी)– चेल्सीका स्टार पेद्रोले अस्पतालबाट समर्थकहरुलाई सन्देश दिदै आफ्नो अवस्था एकदम ठिक रहेको बताएका छन् । शनिबार प्रिमियर लिग प्रतिद्वन्द्वि आर्सनलसँगको मैत्रीपूर्ण खेलमा गोलकिपर डेभिड ओस्पिनासँग ठोक्किएर पेद्रो घाइते भएका थिए ।

पेद्रो गोल गर्ने प्रयासमा अघि बढेको अवस्थामा आर्सनलका गोलकिपर ओस्पिनापनि बल रोक्न अघि बढे । त्यहि बेलामा दुई ठोक्किए । पेद्रोको नाकमा लागेपछि बार्सिलोनाका पूर्व स्टार मैदानमा ढले । पेद्रोको नाककाट रगत बगेपछि उनलाई मैदानबाट बाहिर लगियो र थप उपचारका लागि अस्पताल पुर्याएको थियो ।
समर्थकहरुको चासोलाई ध्यानमा राख्दै पेद्रोले आफ्नो अवस्थाबाट बारेमा सामाजिक सञ्जालमार्फत सन्देश दिएका थिए । अस्पतालबाट फोटो पोस्ट गर्दै पेद्रोले लेखेका छन्,‘घटना दुःखद थियो । तर भाग्यवश सबै ठिक छ । स्वास्थ्य लाभको शुभेच्छाका लागि सबैलाई धन्यवाद ।’
२९ बर्षे खेलाडीको सबै अवस्था ठिक भएपछि उनी कहिलेबाट मैदानमा फर्कन्छन् भन्ने अहिले पक्का भएको छैन । बर्ड नेस्ट रंगशालामा शनिबार भएको खेलमा चेल्सीले आर्सनललाई ३–० ले हराएको थियो । विलियनले गोलको खाता खोलेको खेलमा मिसी बासुआइले दुई गोल गरेका थिए ।
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]