default_image

8 years ago

July 23, 2017

रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेड भिड्दै

125 views

0 Bookmark

एजेन्सी – नयाँ सिजनको तयारीमा अमेरिका रहेका दुई ठुला युरोपियन टोली रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेड आमने सामने हुँदैछन्। आइतबार राती हुने खेलमा युनाइटेड आफ्नो जितको श्रृंखलालाई कायम राख्ने सुरमा हुनेछ।

पछिल्लो खेलमा म्यानचेस्टर सिटिलाई २-०ले पराजित गरेको युनाइटेडले त्यसअघिका खेलमा एमएलएसका क्लबहरु लस एन्जेलस ग्यालेक्सी र रियल साल्ट लेकसँग जित हात पारेको थियो। रियलले भने प्रि सिजनको पहिलो खेल खेल्दैछ।

रियलका लागि युवा र अनुभवी टोलीको सम्मिश्रण लिएर प्रशिक्षक जिनेदिन जिदान केहि दिनअघि अमेरिका पुगिसकेका छन्। यद्दपी रियलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसँगै युवा खेलाडी मार्को एसेन्सियो टोलीमा सामेल छैनन्। म्यानचेस्टर युनाइटेडका लागि भने सबै खेलाडीहरु छनोटका लागि उपलब्ध रहेका छन्।

खेल नेपाली समयानुसार बिहान २:४५ बजे सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रसारण सोनी लिभ र टेन २मा हुनेछ।

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

Success

Thank you for your time.