8 years ago
July 24, 2017
एभर्टन (एजेन्सी)– एभर्टनका प्रशिक्षक रोनाल्ड कोम्यानले वायन रुनीको आगमनले टोलीमा प्रभाव देखिन थालिसकेको र उनको अनुभवले क्लबलाई नयाँ स्तरमा पुर्याउन नेतृत्व गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।
इङ्ल्यान्डका लागि सर्वाधिक गोल गर्ने रुनी १३ बर्ष म्यानचेस्टर युनाइटेडमा बिताएर यो सिजन पुनः बाल्य काल बिताएको एभर्टन फर्केका थिए । यो सिजन एभर्टनमा भित्रने रुनी छैटौं खेलाडी हुन् ।
‘उनीसँग धेरै अनुभव छ । उनी मैदानमा महत्वपूर्ण खेलाडी हुन् । त्यस्तै टोलीका अन्य खेलाडी र युवा खेलाडीका लागि पनि उनी त्यत्तिकै महत्वपूर्ण छन् । उच्च स्तरीय फुटबल कसरी खेल्न सकिन्छ भनेर उनबाट युवा खेलाडीले प्रेरणा लिनसक्छन्,’,’ कोम्यानले क्लबको वेभसाइटमा भनेका छन्,‘ त्यसको मतलब मैदानमा उनले टोलीको नेतृत्वकर्ताका रुपमा प्रस्तुत हुनुपर्दछ । मैदानमा उनले कति मेहनत गरेका छन्, के गर्दै छन् मैले सबै हेरिरहेको छु । हामीले उनीबाट यस्तै अपेपक्षा राखेका छौं ।’
मर्सिसाइड क्लब यो सिजन खेलाडी भित्राउनमा क्रियासिल क्लब मध्येको एक हो । रुनीसँग यो सिजन जोर्डन पिकफोर्ड, मिचेल केने, डाभी कालासेन, हेन्री ओनेकुरा, सान्द्रो रामिरेज र कुको मार्टिन एभर्टमा आबद्ध भएका खेलाडी हुन् ।
प्रशिक्षक कोम्यानले प्रिमियर लिगको नयाँ सिजन र युरोपा लिगका लागि टोलीमा स्तरीय खेलाडीको जमघट भएको बताएका छन् । ‘नयाँ खेलाडीको आगमनले म खुसी छु,’ उनले थपे,‘एभर्टनका लागि उनीहरु महत्वपूर्ण छन् । उनीहरुले टोलीको सुधारका लागि स्तरीयता प्रदर्शन गर्नेछन् ।’
युरोपा लिगको छनोटको तेस्रो चरणमा एभर्टनले स्लोभानिायको रुजोम्बेरोकको सामना गर्नेछ । नयाँ तालिका अनुसार उनको टोलीले घरेलु मैदानमा बिहीबार स्लोभाकियन क्लबको सामना गर्नेछ ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]