8 years ago
July 24, 2017
एजेन्सी – रियल म्याड्रिड एवं पोर्चुगल राष्ट्रिय टोलीका फरवार्ड क्रिस्टियानो रोनाल्डोले सन् २०१७को ब्यालोन डी’ओरको उपाधि जित्न उपाधिका दावेदार रहेका अन्य ४ खेलाडीको नाम लिएका छन्। इएसपिएनसँगको अन्तर्वार्तामा बोल्दै उनले यस सिजन राम्रो प्रदर्शन गरिरहेका खेलाडीको नाम लिएका हुन्।
रोनाल्डोले यस सिजन अन्य क्लबका खेलाडीले पनि राम्रो प्रदर्शन गरेकाले प्रतिस्पर्ध कठिन हुने बताए। ‘पक्कै पनि यस सिजन पनि उपाधि जित्न निकै प्रतिस्पर्धा हुनेछ। मसँगै यस उपाधिको होडमा बार्सिलोनाका लिओनेल मेस्सी र नेयमार, बायर्नका रोबर्ट लेवान्डोस्की र युभेन्टसका गोन्जालो हिगुएन रहेका छन्।’
उनले यी सबै खेलाडीको प्रदर्शनले आफुलाई पनि थप राम्रो गर्ने हौसला मिल्ने बताए। ‘यस्तो प्रतिस्पर्धा हुनु भनेको निकै राम्रो हो। यसले मलाई अझै राम्रो प्रदर्शन गर्न प्रेरित गर्दै आएको छ। उनीहरुको विकास हुँदै जाँदा मैले पनि आफुलाई अझ सुधार्दै लागेको छु।’
रोनाल्डोले गत सिजन रियल म्याड्रिडबाट खेल्दै च्याम्पियन्स लिग र स्पेनिस ला लिगाको उपाधि जितेका थिए। पोर्चुगलबाट कन्फेडेरेसन कपमा भने टोलीको यात्रा सेमिफाइनलसम्म मात्र सिमित रह्यो।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]