8 years ago
July 25, 2017
स्पेन (एजेन्सी) – स्पेनिस लिग च्याम्पियन रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाका नेयमारलाई क्लब नछोड्ने सुझाव दिएका छन्। सामाजिक संजाल व्हाट्स्यापमा कुरा गर्दै रोनाल्डोली नेयमारलाई उक्त सल्लाह दिएको स्पेनिश पत्रिका डिअरियोगोलले बताएको छ।
नेयमारलाई पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट ठुलो रकमको प्रस्ताव आइरहेको बेलामा रोनाल्डोले यस्तो सुझाव दिएका हुन्। उनले नेयमारले बार्सा छाडेर पिएसजी गएमा निकै ठुलो गल्ति हुने बताएका छन्। नेयमार र रोनाल्डो लामो समयदेखिका राम्रा साथीहरु हुन्। विगतमा दुइ खेलाडीलाई नाईकको विभिन्न कार्यक्रमहरुमा पनि सँगै देख्ने गरिएको थियो।
पिएसजीले नेयमारलाई प्रति साता ५ लाख पाउण्डको प्रस्ताव राखेपछि नेयमार पनि सोच्न बाध्य भएका थिए। यसबाहेक क्लबले नेयमारको १ सय ९६ मिलियन पाउण्डको रिलिज क्लज पनि तिर्ने सहमति गरेको छ। तर रोनाल्डोले भने नेयामर फ्रान्स गएको खण्डमा उनले आफुलाई एक कदम पछाडी धकेल्ने बुझिएको छ।
नेयमार हाल बार्सिलोनाको प्रि सिजनको खेलहरुमा भाग लिन अमेरिकामा छन्। पिएसजी पनि हाल प्रि सिजनको प्रतियोगिता खेल्न अमेरिकामै पुगेको छ। पिएसजी र बार्सिलोनाले यसबारे औपचारिक रुपमा केहि नबोलेपनि प्रारम्भिक चरणका बैठक सम्पन्न भइसकेको बुझिएको छ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]