8 years ago
July 25, 2017
म्याड्रिड (एजेन्सी)– अनेक थरी हल्लाका बीच क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिडमा निरन्तर आठौं सिजनलाई लिएर उत्साहित रहेको बताएका छन् । गत सिजन कर छलीको आरोप खेप्नु परेपछि रोनाल्डो क्लबसँग असन्तुष्ट रहेको समाचार बारम्बार प्रकाशित भएपछि उनले रियल छोड्न सक्ने हल्ला चलेको थियो ।
तर, उनले रियलमा रहदा खुसी रहेको र क्लबका लागि अझै धेरै उपाधि जित्न चाहेको बताएका छन् । पछिल्लो सिजन क्लब र व्यक्तिगत रुपमा उनको प्रदर्शन उच्च रहेको थियो ।
३२ बर्षे पोर्चुगिज स्ट्राइकरले मार्कासँग भनेका छन्,‘पछिल्लो सिजन उपाधिहरु जित्नु क्लबका लागि निकै महत्वपूर्ण रह्यो । व्यक्तिगत रुपमा पनि उपाधि जित्नु मेरो लागि पनि सुखद पक्ष हो । फेरी त्यहि क्रमलाई निरन्तरता दिन सकियो भने त्यो झनै उत्कृष्ट हुनेछ ।’
मैदानमा एकदमै मेहनत गर्ने विश्व उत्कृष्ट खेलाडी मध्ये रोनाल्डो पनि एक मानिन्छन् । उनी उच्च प्रदर्शनका लागि हरसम्भव प्रयास गर्छन् । उनी आफ्नो लक्ष्य प्राप्तीका लागि थप मेहनत गर्ने बताउँछन् ।
‘एक पछि अर्को बर्ष मेहनत त गनै पर्दछ । म त्यस्तै प्रयास गर्नेछु,’ चार पटकका बालोन डे’ओर विजेता रोनाल्डोले भने,‘ फुटबल मेरो जीवन हो । यो प्रति मेरो लभाव छ ।’
पछिल्लो सिजन रोनाल्डोको प्रदर्शन उत्कृष्ट रहेको थिया । उनले सबै खाले प्रतियोगितामा गरि क्लबका लागि ४२ गोल गरे । टोलीलाई ला लिगा र च्याम्पियन्स लिग उपाधि दिलाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरे ।
म्यानचेस्टर युनाइटेडका पूर्व स्टारले रियल पुगेयता तीन च्याम्पियन्स लिग उपाधि र दुई पटक ला लिगा उपाधि जिताइसकेका छन् । आउने सिजन अझै उपाधि जित्नेमा उनी आशावादी छन् ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]