default_image

8 years ago

July 25, 2017

‘बायर्नमा म खुसी हुन सकिन’–सान्चेस

132 views

0 Bookmark

बेजिङ(एजेन्सी)– रेनाटो सान्चेसले आफु बायर्न म्युनिखमा खुसी हुन नसकेको प्रष्ट गरेका छन् । बेनफिकाबाट गत सिजन २७.५ मिलियन युरोमा बार्यन पुगेका सान्चेसले गत जर्मन बुन्डेसलिगाको महारथीबाट ६ खेलमा मात्र पहिलो रोजाइमा खेल्ने अवसर पाएका थिए ।

रेनाटो सान्चेस(बायाँ) ।

उनले आफुले क्लब छोड्न चाहेको पनि बताएका छन् । उनको यो पछिल्लो अभिव्यक्तिले म्यानचेस्टर युनाइटेडमा भने खुसीयाली छाएको हुन सक्छ । सान्चेसको रोजाई युनाइटेडमा पनि रहेको बताइएको छ ।

‘बायर्नमा पहिलो बर्ष व्यक्तिगत रुपमा सन्तोषजनक रहेन,’ सान्चेसले भने, ‘निश्चित रुपमा म धेरै खेल्न चाहन्छु । त्यसैले म परिवर्तन चाहिरहेको छु । म त्यो क्लब जान चाहन्छु जहाँ  मलाई बढी मिनेट खेल्ने अवसर मिलोस् ।’

एसी मिलान पनि उनलाई भित्राउन इच्छुक रहेको बताइएको छ । उनले थपे, ‘एसी मिलान मेरो लागि आकर्षक विकल्प हुन सक्छ । यदि त्यो अवसर मिल्यो र क्लब तयार भयो भने म त्यो विकल्पमा सोच्न सक्छु ।’

म्युनिख फर्केपछि कुनै विकल्प निस्कनेमा सान्चेस आशावादी छन् । ‘अहिले म बायर्नसँग चीन भ्रणमा छु । यहाँ पछि हामी म्युनिख पुगेर छलफलमा बस्ने छौं र आशा छ त्यहाँ विकल्प निस्कनेछ । म युवा छु । म धेरै खेल्न चाहन्छु । मलाई लाग्छ म्युनिखबाट मिलान जानु मेरो लागि सुखद हुनेछ ।’

बायर्नका प्रमुख कार्यकारी कार्ल हेनिज रुमिनिजले अघिल्ला साता मात्र क्लब उनलाई छोड्न तयार रहेको बताएका थिए । ‘उनी त्यस्ता खेलाडी हुन् जो नियमित खेल्न चाहन्छन्’ उनले भने, ‘यदि उनलाई हामीले खेल्नका लागि पर्याप्त अवसर दिन सक्ने सम्भवना रहदैन भने हामी उनलाई लोन पठाउन वा बेच्न तयार छौं ।’

गत सिजन त्यसमा पनि मुख्यतः विन्टर ब्रेक पछि लगातार खेल्ने मौका नपाउनुमा सान्चेसकै कमजोरी रहेको पनि रुमिनिजको भनाई छ । उनले थपे, ‘हो उनले धेरै खेल्न पाएनन् । तर त्यसको कारण उनी आफै हुन् ।’

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.