8 years ago
July 26, 2017
लास एन्जेलस (एजेन्सी) – प्रि सिजनमा तयारीमा व्यस्त रहेका युरोपका दुइ ठुला क्लब रियल म्याड्रिड र म्यानचेस्टर सिटि बुधबार मैत्रीपूर्ण खेलमा आमने सामने हुँदैछन्।
नयाँ खेलाडीलाई क्लबमा चाडैं आफ्नो ठाउँ बनाउन प्रि सिजनले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। यस्तोमा म्यानचेस्टर सिटीले काइल वाल्कर, बेन्जामिन मेन्डी, एडर्सन, लगायतका नयाँ खेलाडीलाई मौका दिंदै आएको छ। सिटिले पछिल्लो खेलमा म्यानचेस्टर युनाइटेडसंग पराजय भोगेपनि नयाँ खेलाडीहरुले राम्रो मौका पाएका थिए। रियलले पनि पछिल्लो खेलमा युनाइटेडसंग नै पेनाल्टीमा हार व्येहोरेको थियो।
यसै साता रियल म्याड्रिड छाडेर म्यानचेस्टर सिटि पुगेका ड्यानिलोली आजको खेलमा सिटीका लागि डेब्यु गर्ने सम्भावना रहेको छ। उनीसंगै वाल्कर र मेन्डी यसै सिजन सिटि पुगेका हुन्। सिटीले मिडफिल्डर बर्नार्डो सिल्भा र गोलरक्षक एडर्सन मोराएसलाई पनि यसै सिजन भित्र्याएको हो।
सिटि र रियलबिचको खेल नेपाली समयानुसार बिहिबार बिहान ८:४५ बजे हुनेछ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]