8 years ago
July 26, 2017
स्पेन (एजेन्सी) – बार्सिलोनाले यस सिजनको ट्रान्सफर विन्डोमा लिभरपुलका आक्रामक मिडफिल्डर फिलिपे कौटिन्होलाई भित्र्याउनेमा विश्वस्त रहेको बुझिएको छ। बार्सिलोनाले १ सय मिलियन युरोको प्रस्ताव राखेर कौटिन्होलाई बार्सिलोना भित्र्याउने तयारी गरिरहेको छ।
पिएसजीले नेयमारलाई विश्व कीर्तिमानी रकममा अनुबन्ध गरेको खण्डमा उक्त रकम प्रयोग गरेर लिभरपुलबाट ब्राजिलियन मिडफिल्डर ल्याउने लागेको हो। लिभरपुलले ठुलो प्रस्ताबलाई नकार्न नसक्ने र कौटिन्हो पनि बार्सिलोनाको सम्झौता प्रति आकर्षित हुने विश्वास बार्साले लिएको छ। यद्दपी लिभरपुलले भने कौटिन्हो कुनै हालतमा पनि बिक्रि नहुने र क्लबमै रहने बताउँदै आएको छ।
पछिल्लो सिजन लिभरपुलका लागि १३ गोल र ७ असिस्ट प्रदान गरेका कौटिन्होलाई बार्सिलोनाले यसअघिनै किन्ने प्रयास गरेको थियो। तर बार्सिलोनाले सुरुवातमा गरेको ७२ मिलियन पाउण्डको प्रस्ताब लिभरपुलले नकारेको थियो। बार्सिलोनाले नेयमारको प्रस्थानसँगै क्लबमा कौटिन्होलाई अनुबन्धन गरेर टोलीलाई थप मजबुत बनाउने प्रयास गर्ने लक्ष्य राखेको छ।
लिभरपुलको लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएका कौटिन्हो इन्टर मिलानबाट एक थिए। एनफिल्डमा पाँच सिजन बिताईसकेका कौटिन्हो लिभरपुलका समर्थकहरुमाझ निकै लोकप्रिय मानिन्छन्। उनले गत सिजन मात्र लिभरपुलसँग नयाँ सम्झौता गरेका थिए।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]