default_image

8 years ago

July 27, 2017

विश्वस्तरीय केनलाई भित्र्याउने चेल्सी प्रशिक्षक कन्टेको सपना

108 views

0 Bookmark

एजेन्सी – चेल्सीका प्रशिक्षक एन्टोनियो कन्टेले टोटेनहम हट्स्परका स्ट्राइकर ह्यारी केनको प्रशंसा गर्दै उनलाई भित्र्याउनु चेल्सीको सपना रहेको बताएका छन्। भर्खरै मात्र ५८ मिलियन पाउण्ड खर्चेर रियल म्याड्रिडबाट अल्भारो मोराटा भित्र्याएको चेल्सीले केनलाई खरिद गर्ने प्रयासनै नगरेको बताए।

पछिल्ला २ सिजनमा प्रिमियर लिगको सर्वाधिक गोलकर्ता रहेका २३ वर्षीय केनले टोटेनहमलाई छुट्टै श्रेणीमा पुर्याएको कन्टेले बताए। ‘टोटेनहमले अहिलेको टोलीलाई सँगै राख्न सक्यो भने निकै राम्रो हुनेछ। मेरो लागि केन अहिले विश्वमा रहेका सर्वोत्कृष्ट फरवार्ड मध्यका एक हुन्। यदि मैले चाहेको हुने भए मेरो लागि केन पहिलो रोजाई हुन्थे।’

‘उनि शारीरिक रुपमा बलिया त छन् नै, उनको बल हुँदा र नहुँदा भिड्ने मनस्थिति र दुवै खुट्टाको शक्तिले मलाई प्रभावित पारेको छ। उनि एक कम्प्लिट खेलाडी हुन्। विश्वकै उत्कृष्टमध्ये पर्ने केनको अहिले सुरुवाती मूल्य सय मिलियन पाउण्ड पर्न आउँछ।’

उनले केनले टोटेनहमको लागि निकै ठुलो भूमिका खेल्दै आएको र क्लबले पनि आफ्नो स्तरलाई उकास्दै लागेको अभिव्यक्ति दिए। जारी प्रि सिजनमा केनले टोटेनहमका लागि दुवै खेलमा १ हाफ खेलेका छन् र पहिलो खेलमा गोल पनि गरेका थिए। केनले आफ्नो भविष्य टोटेनहमबाट बाहिर कतै नरहेको बारम्बार प्रष्ट्याइरहेका छन्।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.