8 years ago
July 27, 2017
मिलान (एजेन्सी) – इङ्गलिस प्रिमियर लिग च्याम्पियन चेल्सीका स्ट्राइकर डिएगो कोष्टालाई भित्र्याउन इटालियन क्लब एसी मिलानले प्रक्रिया सुरु गरेको छ। कोष्टाका एजेन्ट जोर्गे मेन्डेसले यसै साता मिलानसँग सम्झौताबारे छलफल गरेका थिए।
गत सिजन प्रशिक्षक कन्टेसँग खटपट परेसँगै यस सिजनको सुरुवात नहुँदै कन्टेले कोष्टालाई चेल्सीमा उनको भविष्य नरहेको बताएका थिए। गत सिजन चेल्सीलाई उपाधि जिताउँदा महत्त्वपूर्ण भूमिका खेल्दै सर्वाधिक गोलकर्ता बनेका कोष्टा अहिले नयाँ क्लबको खोजीमा छन्। मिलानले यस सिजन ट्रान्सफर विन्डोमा निकै खर्च गरेर टोलीलाई नयाँ रुप दिने प्रयास गरेको छ। त्यसै योजना अनुरुप कोष्टालाई मिलानमा ल्याउने प्रक्रिया सुरु भएको बुझिएको छ।
कोष्टा आफैंले एटलेटिको म्याड्रिड फर्कने सोच राखेपनि म्याड्रिडको क्लब हाल ट्रान्सफर प्रतिबन्धमा रहेकाले उक्त स्थानान्तरण सफल हुन सकेको छैन। पछिल्लो साता कोष्टाले सार्वजनिक गरेको इन्स्टाग्राम भिडियोमा उनले एटलेटिको म्याड्रिडको जर्सीमा लगाउँदै मिडफिल्डर सेस फाब्रिगासलाई ‘कन्टेलाई अंकमाल गर्न’ सुझाव दिएका थिए।
चेल्सीले कोष्टालाई क्लब छाड्न स्वीकृति दिएसँगै धेरै क्लबले उनलाई भित्र्याउने प्रयास गरेका छन्। टर्किस क्लब बेसिक्टासले भने कोष्टालाई जनवरीसम्म मात्र भएपनि उक्त क्लबबाट खेल्ने प्रस्ताब राखेको थियो। तर कोष्टाले उक्त प्रस्ताबलाई आफैं नकारेका थिए।
पछिल्लो सिजन चेल्सीबाट ४२ खेल खेलेका कोष्टाले २२ गोल गर्दै ७ असिस्ट दिएका थिए। २८ वर्षीय फरवार्डले जनवरीसम्म कुनै क्लबमा नखेल्ने र त्यसपछि एटलेटिको जाने सोच बनाएको पनि बुझिएको छ। चेल्सीले कोष्टाको स्थानमा स्पेनकै अर्का स्ट्राइकर अल्भारो मोराटालाई भित्र्याईसकेको छ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]