8 years ago
July 27, 2017
लस एन्जल्स (एजेन्सी)– रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफ्ना खेलाडी गारेथ बेल क्लब छाडेर म्यानचेस्टर युनाइडेड जाने सम्भावनालाई नरहेको बताएका छन् । यद्दपी उनी बस्ने विषयको निर्णय आफुमा नरहेको पनि जिदानले प्रष्ट पारेका छन् ।
वेल्सका विङ्गर बेल यसअघि युनाइटेड जान सक्ने चर्चा चलेको थियो । युनाइटेड र रियलबीच केही दिनअघि खेल सुरु हुनु अघि टनलमा युनाइटेड प्रशिक्षक जोसे माउरिन्होले बेलसँग ठट्टा गरेका थिए ।
म्यानचेस्टर सिटीसँग बिहीबार ४–१ ले पराजित भएपछि जिदानले भने,‘मलाई आशा छ बिबिसी (बेन्जिमा, बेल र क्रिस्टियानो) क्लबमै रहनेछन् । तर म यसको निर्णय गर्ने व्यक्ति भने होइन ।’
यसैबीच, रियलले मोनाकोका युवा केलिन बाप्पे १ सय ५० मिलियन युरोमा भित्राउने तयारी गरिरहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनी रियलमा भित्रिए भने बेललाई पहिलो रोजाइमा पर्न चुनौति हुने अनुमान गरिएको छ । बेल सन् २०१३ मा ८५ मिलियन पाउन्डमा टोटेनह्यामबाट रियल पुगेका थिए ।
यदि बेलले पहिलो रोजाइमा पर्ने असफल हुने देखिएको खण्डमा भने युनाइटेडले क्लब भित्राउने प्रस्ताव गर्ने सम्भावना रहेको छ । तर, त्यसका लागि मुख्यतः रियल बेच्न तयार हुनुपर्दछ ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]