default_image

8 years ago

July 28, 2017

नेयमारले बार्सा छाडेर पिएसजी रोज्नुको ५ कारणहरु

104 views

0 Bookmark

स्पेन (एजेन्सी) – स्पेनिस क्लब बार्सिलोनाका स्टार फरवार्ड नेयमारलाई यस सिजनको ट्रान्सफर विन्डोमा फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी)ले विश्व कीर्तिमानी रकममा अनुबन्धन गर्ने प्रयास गर्दैछ। नेयमारले आफ्नो स्थितिको बारेमा खुलेर नबोलेपनि दुवै क्लबका प्रतिनिधिहरुले भने नेयमार आफ्नो क्लबमा आउने/रहने पक्का भएको दाबी गरेका छन्।

यसैबीच विदेशी मिडियाले पनि नेयमारको ट्रान्सफर भएमा पिएसजीले विश्व कीर्तिमानसँगै नेयमारलाई विश्वकै सबैभन्दा बढी कमाउने खेलाडी बनाउने प्रयास गरिरहेको लेखेका छन्। यद्दपी नेयमारले उक्त प्रस्ताबलाई अस्विकार गर्नुपर्छ भन्नेको जमात पनि ठुलै छ। नेयमारले बार्सिलोना छाडेर पिएसजी जानुपर्ने ५ कारणहरु के होलान् त?

१. बार्सिलोनामा नेयमारको भूमिका
बार्सिलोनामा नेयमारले सधैं विङ्गरको रुपमा खेल्दै आएका छन्। ब्राजिलमा खेल्दा स्ट्राइकरका रुपमा आफ्नो छुट्टै पहिचान बनाएका उनले अवसर पाउँदा पनि त्यसमा राम्रो प्रदर्शन गरेका छन्। तर लियोनेल मेस्सी र लुइस सुआरेज हुँदाहुँदै उनले स्ट्राइकरको भूमिका निभाउन पाएका छैनन्। दुवै खेलाडी अझै लामो समय बार्सिलोना बस्ने पक्का भएकाले उनले सधैं विङ्गरकै भूमिका निभाउनु पर्ने हुन्छ।

२. पिएसजीमा मुख्य खेलाडी हुने मौका
पिएसजीमा गएको खण्डमा नेयमार टोलीको मुख्य खेलाडी हुने निश्चित छ। नेयमारले त्यहाँ रहेर आफुले खेल्न चाहेको पोजिसनमा खेल्न पाउँछन्। यसबाहेक उनले पिएसजी गएको खण्डमा आफुलाई टोलीको नेताका रुपमा पनि स्थापित गर्न पाउने सम्भावना रहेको छ।

३. ठुलो पैसा आउने
पिएसजीमा अनुबन्धित भएमा नेयमारले मोटो रकम कमाउने निश्चित छ। पिएसजीले उनलाई भित्र्याउन २ सय २२ मिलियन युरो खर्चिन तयार रहेको खबर आइरहँदा उनको तलब पनि ५ लाख पाउण्ड भन्दा बढी रहने बुझीएको छ। यसबाहेक उनले बोनस लगायत अन्य रकममा पनि बढोत्तरी पाउनेछन्।

neymar brazil olympics

४. पिएसजीमा आफ्नै इतिहास बनाउने
नेयमारले पिएसजीमा गएर सफलता हात पार्ने सम्भावना राम्रै छ। यदि उनले पिएसजीमा गएर केहि ठुलो उपलब्धि हात परेमा आफ्नो नाम क्लबको इतिहासमा लेखाउने अवसर पाउनेछन्। नेयमार पिएसजी गएको खण्डमा उनि क्लबमा खेल्ने अहिलेसम्मकै उत्कृष्ट खेलाडी हुने अवसर पनि रहेको छ। यस्तो अवस्थामा नेयमारले पिएसजी जाने विकल्प पनि लिन सक्छन।

neymar-attack-refree

५. ब्यालोन डी’ओरको सपना
ब्यालोन डी’ओर जित्न नेयमारले बार्सिलोना छाड्नुको विकल्प छैन। जबसम्म बार्सिलोनामा मेस्सी र सुआरेज रहन्छन त्यसबेला सम्म नेयमार ति दुइ खेलाडीको छायाँमा परेर खेल्नुपर्छ। यसो गर्दा नेयमारले ब्यालोन डी;ओर जित्ने सम्भावना लगभग असम्भव रहन्छ। त्यसैले पिएसजीमा गएर आफुलाई मुख्य खेलाडीका रुपमा स्थापित गरेर सफकता हात पारेमा उनले व्यक्तिगत उपाधि जित्न सक्नेछन्।

barcelona-messi-neymar-suarez

नेयमार बार्सिलोना बस्नैपर्ने ५ कारणहरु

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.